महेश शर्मा रश्मिको कविता :- किसानी दाइ
कविता :- किसानी दाइ
– महेश शर्मा रश्मि
बिहानै उठी कोदाली बोकी धाउँछु खेतमा ।
के कस्तो भयो भनेर हेर्न आउँछु खेतमा ।।
प्रचण्ड घाम त्यो बर्खे झरी माघको जाडोमा ।
पाल्छु है पशु लाग्छु म अब कृषिको बाटोमा ।
कुखुरा मौरी बङ्गुर बाख्रा पालन गरेर ।
लिन्छु म अझै तालिम दिए अगाडि सरेर ।
काउँली गोपी फर्सी र लौका खुर्सानी गाँजर
करेला सीमी बोकेर लान्छु ठुलै छ बजार ।।
लिएनी जति हुन्छ है स्वाहा ! पर्खिनु पर्दैन ।
जाँगर भए जे पनि हुन्छ अल्छिले गर्दैन ।।
किसानी दाइ हुदैन अल्छि हुन्छ है पौरखी ।
पसिना पोखी झरीझैँ बर्खे ठान्द छ गौरबी ।।
छरेर माना फल्दछ मुरी करेसा बारीमा ।
छोडेर जान्न यो प्यारो भूमि दुःखको खाडीमा
बिरुवा बोट लाउँछु सँधै उन्नत जातका ।
खिएर जाला नङ र मासु पौरखी हातका ।।
रोशन परियारको कविता : ” म स्वास्नी “
वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम
#महेश शर्मा











प्रतिकृया दिनुहोस्