प्रतिभा पलायन न्युनिकरण र राष्ट्र निर्माणका लागि शैक्षिक रुपान्तरण जरुरी
बिषयप्रवेश
नेपालको शिक्षा प्रणाली आज गम्भीर मोडमा उभिएको छ। एकातिर कक्षा १२ सक्ने बित्तिकै हजारौँ युवा विद्यार्थी लाखौँ रुपैयाँ खर्च गरेर विदेश जाने लहर तीव्र हुँदै गएको छ भने अर्कोतिर देशभित्रका कलेज, विश्वविद्यालय र विशेषगरी सामुदायिक विद्यालयहरू विद्यार्थी अभाव, गुणस्तरमा गिरावट, चरम बेरोजगारी र शिक्षा क्षेत्रको कुशल व्यवस्थापन संकटको सामना गरिरहेका छन।
शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने सर्वमान्य सत्य हुँदाहुँदै पनि आजको हाम्रो शिक्षाले न त युवालाई स्वदेशमै रोजगारीको आशा दिलाउन सकेको छ, न त देशको आर्थिक–सामाजिक रूपान्तरणमा अपेक्षित योगदान दिन सकेको छ। यही पृष्ठभूमिमा सिपयुक्त, रोजगारमूलक र व्यवहारिक शिक्षामार्फत प्रतिभा पलायन (muscle, brain र capital flight) रोक्दै हाल नेपालमा रहेको जनसाख्यिक लाभ(युवा जनशक्तिको बाहुल्यता) को सदुपयोग गरी राष्ट्र निर्माणका लागि सामुदायिक शिक्षा सुधारको स्पष्ट मार्गचित्र आवश्यक भएको छ।
नेपालको बर्तमान शिक्षा प्रणालीमा बिधमान मुख्य सवालहरुको बिवेचना
१.नेपालबाट उच्च शिक्षाको अध्ययनका लागि बिध्यार्थिहरु बिदेशिने प्रबृत्ति
कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जाने प्रवृत्ति हाल आएर अपवाद होइन, सामान्य प्रवृत्ति जस्तै बनिसकेको छ। यसको मुख्य कारणहरू निम्न छन्:
रोजगारीको सुनिश्चितता नहुनु
नेपालमा पढाइ र रोजगारीबीच ठोस सम्बन्ध स्थापित हुन सकेको छैन। विद्यार्थीले स्नातक वा स्नातकोत्तर गरे पनि ‘पछि के गर्ने?’ भन्ने प्रश्नको जवाफ स्पष्ट हुँदैन। तर विदेशमा पढाइसँगै काम गर्ने, पढाइपछि रोजगारी पाउने स्पष्ट बाटो देखिन्छ।
शिक्षाको गुणस्तरप्रतिको अविश्वास
धेरै विद्यार्थी र अभिभावकहरू नेपाली शिक्षा प्रणालीप्रति आश्वस्त छैनन्। पाठ्यक्रम पुरानो, व्यवहारिक सीपको अभाव, प्रयोगशाला र अनुसन्धान सुविधाको कमीले गर्दा विदेशको डिग्रीलाई ‘भ्यालु’ ठान्ने मानसिकता विकास भएको छ।
सामाजिक–मनोवैज्ञानिक दबाब
‘छोरो/छोरी विदेश गएको छ’ भन्ने सामाजिक प्रतिष्ठा पनि एउटा ठूलो कारण बनेको छ। विदेश नगए भविष्य अन्धकार हुन्छ भन्ने डरले विद्यार्थीलाई धकेलिरहेको छ।
राज्यको स्पष्ट नीतिको अभाव
युवालाई स्वदेशमै राख्ने दीर्घकालीन शिक्षा–रोजगारी नीति कमजोर छ। सीप विकास, स्टार्टअप, अनुसन्धान र नवप्रवर्तनमा राज्यको लगानी न्यून छ।
२. कलेज र विश्वविद्यालयमा विद्यार्थीको अभाव र खस्किदो गुणस्तर
विद्यार्थी विदेशिनु ,बजारमुखी पाठ्यक्रमको अभाव,शिक्षक–विद्यार्थी अनुपात असन्तुलित,अनुसन्धान र नवप्रवर्तनको कमजोर संस्कार र निजी र सामुदायिक शिक्षाबीच गुणस्तरीय खाडलको कारणले नेपालका धेरै कलेज र विश्वविद्यालयमा कक्षाहरू खाली छन्।विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र हुनुपर्नेमा प्रमाणपत्र वितरण गर्ने संस्थामा सीमित भएका छन्। उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा आवश्यक सीप उत्पादन हुन सकेको छैन। त्यस्तै हाल आएर अभिभावकको शहर र विदेश पलायन,अंग्रेजी माध्यम र निजी विद्यालयप्रतिको आकर्षण,पूर्वाधार र गुणस्तरीय शिक्षकको कमी र स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम नहुनु आदिको कारणले ग्रामीण भेगका सामुदायिक विद्यालयहरू विद्यार्थी अभावले थलिएका छन भने अरवौं राज्यको लगानी बालुवामा पानि सरह भएको विडम्वनापुर्ण अवस्था रहेको छ ।
३.नेपालमा पढेका विद्यार्थी बेरोजगार र कमजोर प्रतिस्पर्धी क्षमता
नेपालमा बेरोजगारीको ठूलो हिस्सा शिक्षित बेरोजगार छन्। यसको कारण शिक्षा र बजारबीचको असन्तुलन हो।सैद्धान्तिक पढाइ, व्यवहारिक सीपको अभाव,इन्टर्नसिप, अप्रेन्टिससिपको कमी,निजी क्षेत्रसँग समन्वय नहुनु तथा उद्यमशीलता शिक्षा कमजोर छ ।
४. बेरोजगारीको एक मुख्य कारण बिधमान शिक्षा प्रणाली
बेरोजगारीको एकमात्र कारण शिक्षा होइन, तर गलत शिक्षा प्रणाली प्रमुख कारण हो। शिक्षा यस्तो हुनुपर्छ जसले रोजगार सिर्जना गर्न सिकाओस्,समस्या समाधान गर्न सक्षम बनाओस्,सीप, सोच र चरित्र विकास गरोस तर हालको शिक्षा प्रणाली यी पक्षमा कमजोर देखिन्छ।
५. सामुदायिक विद्यालयमा व्यवस्थापन समिति, शिक्षक पदपूर्ति र सञ्चालनमा तिव्र राजनितिकरण
सामुदायिक विद्यालयको व्यवस्थापन समितिको गठन, प्रधानाध्यापक र शिक्षकहरुको सरुवा र नियुक्तिमा राजनीतिक हस्तक्षेप व्यापक छ। यसले गुणस्तरभन्दा पहुँचलाई प्राथमिकता दिएको छ।नियुक्तिमा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थाको प्रभाव पर्नु,राजनितिक नाफाको लागि शिक्षकहरुलाई राजनितिक पार्टिको स्वार्थ अनुकुल परिचालन गरि ब्यबसायिक भन्दा बढी कार्यकर्ताका रुपमा प्रयोग गर्दा शिक्षण सिकाइमा शिक्षकहरु केन्द्रित भएका छैनन । त्यस्तै इमन्दार र कर्तव्यनिष्ठ शिक्षकहरुलाई तालिम र क्षमता अभिवृद्धिको अभाव तथा मूल्यांकन प्रणाली कमजोर छ।न्युन तलव सुविधा, अत्यधिक राजनैतिकि तथा मनोबैज्ञानिक दबाब, सम्मान र प्रोत्साहनको कमीले शिक्षकको मनोबल घटेको छ।यसको कारण सामुदायिक विधालयमा गुणस्तर सुधार हुनुको साटो झनझन खस्किदो देखिएको छ । बिध्यालय ब्यबस्थापन समितिलाई राजनितिक पार्टिको संगठन परिचालनको माध्यम बनाइएको छ भने शिक्षक संघ संगठनहरु शैक्षिक सुधारमा हैन की पेशागत स्वार्थ पुर्तिमा मात्र केन्द्रित भएको तितो यथार्त छ । तर एकले अर्कोलाई दोष थुपार्ने र कसैले पनि जिम्मेवारी बोध नगर्ने परिपाटि मौलाएको छ ।
६. नेपाल र अन्य देशको शिक्षा प्रणालीको अन्तर
बिकसित देशहरुमा सीपमुखी र प्रयोगात्मक शिक्षा,उद्योग–विश्वविद्यालय सहकार्य गरि सैदान्तिक सँगसँगै अनिवार्य इन्टर्नसिपको ब्यबस्था,अनुसन्धान र नवप्रवर्तनमा जोड तथा पढ्दै सिक्दै कमाउँदै गर्ने प्रणाली बिकास गरिएको छ। श्रम बजारको माग अनुसारको पाठ्यक्रम सक्ने बित्तिकै हजारौँ युवा विद्यार्थी लाखौँ रुपैयाँ खर्च गरेर विदेश जाने लहर तीव्र हुँदै गएको छ भने अर्कोतिर देशभित्रका कलेज, विश्वविद्यालय र विशेषगरी सामुदायिक विद्यालयहरू विद्यार्थी अभाव, गुणस्तरमा गिरावट, चरम बेरोजगारी र शिक्षा क्षेत्रको कुशल व्यवस्थापन संकटको सामना गरिरहेका छन्। शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने सर्वमान्य सत्य हुँदाहुँदै पनि आजको हाम्रो शिक्षाले न त युवालाई स्वदेशमै रोजगारीको आशा दिलाउन सकेको छ, न त देशको आर्थिक–सामाजिक रूपान्तरणमा अपेक्षित योगदान दिन सकेको छ। यही पृष्ठभूमिमा सिपयुक्त, रोजगारमूलक र व्यवहारिक शिक्षामार्फत प्रतिभा पलायन (muscle, brain र capital flight) रोक्दै हाल नेपालमा रहेको जनसाख्यिक लाभ(युवा जनशक्तिको बाहुल्यता) को सदुपयोग गरी राष्ट्र निर्माणका लागि सामुदायिक शिक्षा सुधारको स्पष्ट मार्गचित्र आवश्यक भएको छ।
नेपालको बर्तमान शिक्षा प्रणालीमा बिधमान मुख्य सवालहरुको बिवेचना
१.नेपालबाट उच्च शिक्षाको अध्ययनका लागि बिध्यार्थिहरु बिदेशिने प्रबृत्ति
कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जाने प्रवृत्ति हाल आएर अपवाद होइन, सामान्य प्रवृत्ति जस्तै बनिसकेको छ। यसको मुख्य कारणहरू निम्न छन्:
रोजगारीको सुनिश्चितता नहुनु
नेपालमा पढाइ र रोजगारीबीच ठोस सम्बन्ध स्थापित हुन सकेको छैन। विद्यार्थीले स्नातक वा स्नातकोत्तर गरे पनि ‘पछि के गर्ने?’ भन्ने प्रश्नको जवाफ स्पष्ट हुँदैन। तर विदेशमा पढाइसँगै काम गर्ने, पढाइपछि रोजगारी पाउने स्पष्ट बाटो देखिन्छ।
शिक्षाको गुणस्तरप्रतिको अविश्वास
धेरै विद्यार्थी र अभिभावकहरू नेपाली शिक्षा प्रणालीप्रति आश्वस्त छैनन्। पाठ्यक्रम पुरानो, व्यवहारिक सीपको अभाव, प्रयोगशाला र अनुसन्धान सुविधाको कमीले गर्दा विदेशको डिग्रीलाई ‘भ्यालु’ ठान्ने मानसिकता विकास भएको छ।
सामाजिक–मनोवैज्ञानिक दबाब
‘छोरो/छोरी विदेश गएको छ’ भन्ने सामाजिक प्रतिष्ठा पनि एउटा ठूलो कारण बनेको छ। विदेश नगए भविष्य अन्धकार हुन्छ भन्ने डरले विद्यार्थीलाई धकेलिरहेको छ।
राज्यको स्पष्ट नीति अभाव
युवालाई स्वदेशमै राख्ने दीर्घकालीन शिक्षा–रोजगारी नीति कमजोर छ। सीप विकास, स्टार्टअप, अनुसन्धान र नवप्रवर्तनमा राज्यको लगानी न्यून छ।
२. कलेज र विश्वविद्यालयमा विद्यार्थीको अभाव र खस्किदो गुणस्तर
विद्यार्थी विदेशिनु ,बजारमुखी पाठ्यक्रमको अभाव,शिक्षक–विद्यार्थी अनुपात असन्तुलित,अनुसन्धान र नवप्रवर्तनको कमजोर संस्कार र निजी र सामुदायिक शिक्षाबीच गुणस्तरीय खाडलको कारणले नेपालका धेरै कलेज र विश्वविद्यालयमा कक्षाहरू खाली छन्।विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र हुनुपर्नेमा प्रमाणपत्र वितरण गर्ने संस्थामा सीमित भएका छन्। उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा आवश्यक सीप उत्पादन हुन सकेको छैन। त्यस्तै हाल आएर अभिभावकको शहर र विदेश पलायन,अंग्रेजी माध्यम र निजी विद्यालयप्रतिको आकर्षण,पूर्वाधार र गुणस्तरीय शिक्षकको कमी र स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम नहुनु आदिको कारणले ग्रामीण भेगका सामुदायिक विद्यालयहरू विद्यार्थी अभावले थलिएका छन भने अरवौं राज्यको लगानी बालुवामा पानि सरह भएको विडम्वनापुर्ण अवस्था रहेको छ ।
३.नेपालमा पढेका विद्यार्थी बेरोजगार र कमजोर प्रतिस्पर्धी क्षमता
नेपालमा बेरोजगारीको ठूलो हिस्सा शिक्षित बेरोजगार छन्। यसको कारण शिक्षा र बजारबीचको असन्तुलन हो।सैद्धान्तिक पढाइ, व्यवहारिक सीपको अभाव,इन्टर्नसिप, अप्रेन्टिससिपको कमी,निजी क्षेत्रसँग समन्वय नहुनु तथा उद्यमशीलता शिक्षा कमजोर छ ।
४. बेरोजगारीको एक मुख्य कारण बिधमान शिक्षा प्रणाली
बेरोजगारीको एकमात्र कारण शिक्षा होइन, तर गलत शिक्षा प्रणाली प्रमुख कारण हो। शिक्षा यस्तो हुनुपर्छ जसले रोजगार सिर्जना गर्न सिकाओस्,समस्या समाधान गर्न सक्षम बनाओस्,सीप, सोच र चरित्र विकास गरोस तर हालको शिक्षा प्रणाली यी पक्षमा कमजोर देखिन्छ।
५. सामुदायिक विद्यालयमा व्यवस्थापन समिति, शिक्षक पदपूर्ति र सञ्चालनमा तिव्र राजनितिकरण
सामुदायिक विद्यालयको व्यवस्थापन समितिको गठन, प्रधानाध्यापक र शिक्षकहरुको सरुवा र नियुक्तिमा राजनीतिक हस्तक्षेप व्यापक छ। यसले गुणस्तरभन्दा पहुँचलाई प्राथमिकता दिएको छ।नियुक्तिमा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थाको प्रभाव पर्नु,राजनितिक नाफाको लागि शिक्षकहरुलाई राजनितिक पार्टिको स्वार्थ अनुकुल परिचालन गरि ब्यबसायिक भन्दा बढी कार्यकर्ताका रुपमा प्रयोग गर्दा शिक्षण सिकाइमा शिक्षकहरु केन्द्रित भएका छैनन । त्यस्तै इमन्दार र कर्तव्यनिष्ठ शिक्षकहरुलाई तालिम र क्षमता अभिवृद्धिको अभाव तथा मूल्यांकन प्रणाली कमजोर छ।न्युन तलव सुविधा, अत्यधिक राजनैतिकि तथा मनोबैज्ञानिक दबाब, सम्मान र प्रोत्साहनको कमीले शिक्षकको मनोबल घटेको छ।यसको कारण सामुदायिक विधालयमा गुणस्तर सुधार हुनुको साटो झनझन खस्किदो देखिएको छ । बिध्यालय ब्यबस्थापन समितिलाई राजनितिक पार्टिको संगठन परिचालनको माध्यम बनाइएको छ भने शिक्षक संघ संगठनहरु शैक्षिक सुधारमा हैन की पेशागत स्वार्थ पुर्तिमा मात्र केन्द्रित भएको तितो यथार्त छ । तर एकले अर्कोलाई दोष थुपार्ने र कसैले पनि जिम्मेवारी बोध नगर्ने परिपाटि मौलाएको छ ।
६. नेपाल र अन्य देशको शिक्षा प्रणालीको अन्तर
बिकसित देशहरुमा सीपमुखी र प्रयोगात्मक शिक्षा,उद्योग–विश्वविद्यालय सहकार्य गरि सैदान्तिक सँगसँगै अनिवार्य इन्टर्नसिपको ब्यबस्था,अनुसन्धान र नवप्रवर्तनमा जोड तथा पढ्दै सिक्दै कमाउँदै गर्ने प्रणाली बिकास गरिएको छ। श्रम बजारको माग अनुसारको पाठ्यक्रम रौँ युवा विद्यार्थी लाखौँ रुपैयाँ खर्च गरेर विदेश जाने लहर तीव्र हुँदै गएको छ भने अर्कोतिर देश भित्रका कलेज, विश्वविद्यालय र विशेषगरी सामुदायिक विद्यालयहरू विद्यार्थी अभाव, गुणस्तरमा गिरावट, चरम बेरोजगारी र शिक्षा क्षेत्रको कुशल व्यवस्थापन संकटको सामना गरिरहेका छन्। शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने सर्वमान्य सत्य हुँदाहुँदै पनि आजको हाम्रो शिक्षाले न त युवालाई स्वदेशमै रोजगारीको आशा दिलाउन सकेको छ, न त देशको आर्थिक–सामाजिक रूपान्तरणमा अपेक्षित योगदान दिन सकेको छ। यही पृष्ठभूमिमा सिपयुक्त, रोजगारमूलक र व्यवहारिक शिक्षामार्फत प्रतिभा पलायन (muscle, brain र capital flight) रोक्दै हाल नेपालमा रहेको जनसाख्यिक लाभ(युवा जनशक्तिको बाहुल्यता) को सदुपयोग गरी राष्ट्र निर्माणका लागि सामुदायिक शिक्षा सुधारको स्पष्ट मार्गचित्र आवश्यक भएको छ।
नेपालको बर्तमान शिक्षा प्रणालीमा बिधमान मुख्य सवालहरुको बिवेचना
१.नेपालबाट उच्च शिक्षाको अध्ययनका लागि बिध्यार्थिहरु बिदेशिने प्रबृत्ति
कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जाने प्रवृत्ति हाल आएर अपवाद होइन, सामान्य प्रवृत्ति जस्तै बनिसकेको छ। यसको मुख्य कारणहरू निम्न छन्:
रोजगारीको सुनिश्चितता नहुनु
नेपालमा पढाइ र रोजगारीबीच ठोस सम्बन्ध स्थापित हुन सकेको छैन। विद्यार्थीले स्नातक वा स्नातकोत्तर गरे पनि ‘पछि के गर्ने?’ भन्ने प्रश्नको जवाफ स्पष्ट हुँदैन। तर विदेशमा पढाइसँगै काम गर्ने, पढाइपछि रोजगारी पाउने स्पष्ट बाटो देखिन्छ।
शिक्षाको गुणस्तरप्रतिको अविश्वास
धेरै विद्यार्थी र अभिभावकहरू नेपाली शिक्षा प्रणालीप्रति आश्वस्त छैनन्। पाठ्यक्रम पुरानो, व्यवहारिक सीपको अभाव, प्रयोगशाला र अनुसन्धान सुविधाको कमीले गर्दा विदेशको डिग्रीलाई ‘भ्यालु’ ठान्ने मानसिकता विकास भएको छ।
सामाजिक–मनोवैज्ञानिक दबाब
‘छोरो/छोरी विदेश गएको छ’ भन्ने सामाजिक प्रतिष्ठा पनि एउटा ठूलो कारण बनेको छ। विदेश नगए भविष्य अन्धकार हुन्छ भन्ने डरले विद्यार्थीलाई धकेलिरहेको छ।
राज्यको स्पष्ट नीति अभाव
युवालाई स्वदेशमै राख्ने दीर्घकालीन शिक्षा–रोजगारी नीति कमजोर छ। सीप विकास, स्टार्टअप, अनुसन्धान र नवप्रवर्तनमा राज्यको लगानी न्यून छ।
२. कलेज र विश्वविद्यालयमा विद्यार्थीको अभाव र खस्किदो गुणस्तर
विद्यार्थी विदेशिनु ,बजारमुखी पाठ्यक्रमको अभाव,शिक्षक–विद्यार्थी अनुपात असन्तुलित,अनुसन्धान र नवप्रवर्तनको कमजोर संस्कार र निजी र सामुदायिक शिक्षाबीच गुणस्तरीय खाडलको कारणले नेपालका धेरै कलेज र विश्वविद्यालयमा कक्षाहरू खाली छन्।विश्वविद्यालयहरू ज्ञान उत्पादन गर्ने केन्द्र हुनुपर्नेमा प्रमाणपत्र वितरण गर्ने संस्थामा सीमित भएका छन्। उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा आवश्यक सीप उत्पादन हुन सकेको छैन। त्यस्तै हाल आएर अभिभावकको शहर र विदेश पलायन,अंग्रेजी माध्यम र निजी विद्यालयप्रतिको आकर्षण,पूर्वाधार र गुणस्तरीय शिक्षकको कमी र स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम नहुनु आदिको कारणले ग्रामीण भेगका सामुदायिक विद्यालयहरू विद्यार्थी अभावले थलिएका छन भने अरवौं राज्यको लगानी बालुवामा पानि सरह भएको विडम्वनापुर्ण अवस्था रहेको छ ।
३.नेपालमा पढेका विद्यार्थी बेरोजगार र कमजोर प्रतिस्पर्धी क्षमता
नेपालमा बेरोजगारीको ठूलो हिस्सा शिक्षित बेरोजगार छन्। यसको कारण शिक्षा र बजारबीचको असन्तुलन हो।सैद्धान्तिक पढाइ, व्यवहारिक सीपको अभाव,इन्टर्नसिप, अप्रेन्टिससिपको कमी,निजी क्षेत्रसँग समन्वय नहुनु तथा उद्यमशीलता शिक्षा कमजोर छ ।
४. बेरोजगारीको एक मुख्य कारण बिधमान शिक्षा प्रणाली
बेरोजगारीको एकमात्र कारण शिक्षा होइन, तर गलत शिक्षा प्रणाली प्रमुख कारण हो। शिक्षा यस्तो हुनुपर्छ जसले रोजगार सिर्जना गर्न सिकाओस्,समस्या समाधान गर्न सक्षम बनाओस्,सीप, सोच र चरित्र विकास गरोस तर हालको शिक्षा प्रणाली यी पक्षमा कमजोर देखिन्छ।
५. सामुदायिक विद्यालयमा व्यवस्थापन समिति, शिक्षक पदपूर्ति र सञ्चालनमा तिव्र राजनितिकरण
सामुदायिक विद्यालयको व्यवस्थापन समितिको गठन, प्रधानाध्यापक र शिक्षकहरुको सरुवा र नियुक्तिमा राजनीतिक हस्तक्षेप व्यापक छ। यसले गुणस्तरभन्दा पहुँचलाई प्राथमिकता दिएको छ।नियुक्तिमा योग्यता र क्षमताभन्दा राजनीतिक आस्थाको प्रभाव पर्नु,राजनितिक नाफाको लागि शिक्षकहरुलाई राजनितिक पार्टिको स्वार्थ अनुकुल परिचालन गरि ब्यबसायिक भन्दा बढी कार्यकर्ताका रुपमा प्रयोग गर्दा शिक्षण सिकाइमा शिक्षकहरु केन्द्रित भएका छैनन । त्यस्तै इमन्दार र कर्तव्यनिष्ठ शिक्षकहरुलाई तालिम र क्षमता अभिवृद्धिको अभाव तथा मूल्यांकन प्रणाली कमजोर छ।न्युन तलव सुविधा, अत्यधिक राजनैतिकि तथा मनोबैज्ञानिक दबाब, सम्मान र प्रोत्साहनको कमीले शिक्षकको मनोबल घटेको छ।
यसको कारण सामुदायिक विधालयमा गुणस्तर सुधार हुनुको साटो झनझन खस्किदो देखिएको छ । बिध्यालय ब्यबस्थापन समितिलाई राजनितिक पार्टिको संगठन परिचालनको माध्यम बनाइएको छ भने शिक्षक संघ संगठनहरु शैक्षिक सुधारमा हैन की पेशागत स्वार्थ पुर्तिमा मात्र केन्द्रित भएको तितो यथार्त छ।तर एकले अर्कोलाई दोष थुपार्ने र कसैले पनि जिम्मेवारी बोध नगर्ने परिपाटि मौलाएको छ ।
६. नेपाल र अन्य देशको शिक्षा प्रणालीको अन्तर
बिकसित देशहरुमा सीपमुखी र प्रयोगात्मक शिक्षा,उद्योग–विश्वविद्यालय सहकार्य गरि सैदान्तिक सँगसँगै अनिवार्य इन्टर्नसिपको ब्यबस्था,अनुसन्धान र नवप्रवर्तनमा जोड तथा पढ्दै सिक्दै कमाउँदै गर्ने प्रणाली बिकास गरिएको छ। श्रम बजारको माग अनुसारको पाठ्यक्रम अध्यावधिक गरिएको र स्तरीय मापदण्ड अनुसारको शिक्षक/प्राध्यापकहरुको सेवा सुविधा हुनुका साथै उनिहरुको मान प्रतिष्ठा कायम रहेकोले उनिहरुको उच्च मनोवल पनि रहेको हुँदा शिक्षण पेशा अत्यन्त आकर्षक पेशा मानिन्छ । तर नेपालमा रटानमुखी शिक्षा,कमजोर प्रयोगशाला र अनुसन्धान,बजारसँग टुटेको पाठ्यक्रम र कमजोर शैक्षिक सुशासनको कारण खाली प्रमाणपत्र बितरण गर्ने औपचारिक निकाय र राजनिति गर्ने अखडाका रुपमा शैक्षिक सँस्थाहरु सीमित भएका छन भने राज्यको अपेक्षा र नीतिअनुसार शिक्षा प्रणाली बिकास हुन सकेको छैन। जसबाट चरम निराशा र बिकर्षण आएको छ र अव त नेपालमा पढनुको कुनै अर्थ छैन भन्ने भाष्य समेत बिकास भएर बिध्यार्थिको अभावले प्राविधिक कलेज र बिश्वबिधालयहरु समेत बन्द हुने हुन कि भन्ने आशंका उत्पन्न भएको छ।
७. सिपयुक्त रोजगारमूलक शिक्षामार्फत प्रतिभा पलायन रोक्न शैक्षिक सुधारको मार्गचित्र
हाल Muscle flight (श्रमशक्ति),Brain drain (बौद्धिक क्षमता) र Capital flight (आर्थिक पूँजी) गरी तीन प्रकारको पूँजी नेपालबाट पलायन भइरहेको छ।यसलाई रोक्न प्राविधिक तथा व्यवसायिक शिक्षा विस्तार गरी श्रम बजारसँग जोडनु,स्थानीय स्रोतमा आधारित सीप विकास र कृषि, पर्यटन, आईटी, निर्माण, स्वास्थ्य क्षेत्रमा ब्यवसायिकरण गर्न लगानीको बातावरण बनाउन आवश्यक छ। यसले मात्रै जनसाँख्यिक लाभलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न सक्छ।शिक्षामा आमुल सुधार विना जनशक्ति र पुँजिको पलायन रोकेर देशका सम्बृदि ल्याउन सम्भव छैन । यसका लागि बर्तमान शिक्षा प्रणालीमा देहायका सुधार गर्न आवश्यक देखिन्छ।
क) पाठ्यक्रम र बजारबीच गहिरो असन्तुलन निवारण
समस्या: पाठ्यक्रम पुरानो र सैद्धान्तिक,सीप, उद्यमशीलता, प्रविधि, critical thinking को अभाव र स्थानीय आवश्यकता र रोजगारीसँग नजोडिएको
सुधारका उपाय: ५–५ वर्षमा पाठ्यक्रम अनिवार्य पुनरावलोकन,local need–based curriculum (कृषि, पर्यटन, IT, उद्योग) र Life skills, financial literacy, digital skills अनिवार्य
ख) रटानमुखी शिक्षण र परीक्षा प्रणालीमा सुधार
समस्या: परीक्षा स्मरण शक्ति परीक्षणमा सीमित र सिर्जनशीलता र समस्या समाधानको मूल्यांकन नहुने गरेको।
सुधारका उपाय: Project-based learning, open-book, presentation, portfolio assessment र continuous evaluation system को ब्यवस्था गर्ने।
ग) शिक्षक क्षमता, प्रेरणा र उत्तरदायित्व बिकासका ध्यान
समस्या: नियमित तालिम भए पनि व्यवहारिक परिवर्तन छैन,राम्रो–नराम्रो शिक्षकबीच फरक व्यवहार नहुनु र political protection culture
सुधारका उपाय:
• performance-based promotion & incentive , classroom observation र mentoring
• शिक्षक र कर्मचारीको मनोबल वृद्धि:समयमै तलब, तालिम, करियर विकासको ब्यबस्थापन
घ) शिक्षामा राजनीतिकरण निषेश र नेतृत्व बिकासमा जोड
समस्या: विद्यालय व्यवस्थापन समिति पार्टीकरण,प्रधानाध्यापक शैक्षिक नेता होइन, व्यवस्थापक मात्र भएर कमजोर कार्यसम्पादन र चरम राजनितिकरणको कारण शैक्षिक सुधार व्यवधान भएको
सुधारका उपाय:
• merit-based प्रधानाध्यापक नियुक्ति,fixed tenure with performance contract, professional school leadership training
• शिक्षकहरुलाई राजनितिमा भाग लिन पुर्णरुपमा निषेध र बिध्यालय ब्यबस्थापन समिति खारेज गर्ने,शिक्षा क्षेत्रमा पुर्णरुपमा राजनिकिकरणबाट मुक्त गरिनुपर्दछ जसका लागि हालको बिध्यालय ब्यबस्थापन समिति खारेज गरि पुर्ण रुपमा स्थानिय तहको मातहतमा राख्नुपर्ने,पेशागत साझा युनियन बाहेक सबै शिक्षक,कर्मचारी र बिध्यार्थि संगसंगठनहरुमा कानुनी रुपमै निषेध गर्ने ब्यबस्था सहितको शिक्षा ऐन तत्काल तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्दछ ।
ङ) Infrastructure को असन्तुलित वितरण र न्युन उपयोगमा परिवर्तन
समस्या: भवन,प्रयोगशाला र पुस्तकालय लगायतका भौतिक तथा शैक्षिक संसाधनको कहीं अभाव तथा कहीं ब्यबस्था भएपनी न्युन उपयोग भएको र शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको अवस्था छ, जसबाट practical कम र सैदान्तिक शिक्षा मात्र कार्यान्वयनमा आएको छ ।
सुधारका उपाय: भौतिक पुर्वाधारमा प्रयाप्त लगानी बढाउने,उपलब्ध पुर्वाधारको प्रयोग नगरे बजेट कटौती गर्ने ब्यबस्था, lab assistant, consumable budget र practical-based examination अनिवार्य गर्ने ।
च) निजी र सामुदायिक शिक्षाबीच गुणस्तरीय खाडल कम गर्न पहल
समस्या:दुई तहको शिक्षा प्रणाली बिकास हुनु र गरिवहरुको लागि सामुदायिक विद्यालय last option मा रहेको छ। जसबाट सामुदायिक बिध्यालयमा पढने बिध्यार्थि, तिनका अभिभावक र शिक्षकहरुको समेत प्रतिष्ठा र मनोबलमा समेत नकारात्मक असर पुगेको छ ।
सुधारका उपाय: minimum quality standard सबै विद्यालयमा लागू, private–community partnership र best practices sharing का साथै ब्यबस्थापनमा कुशलता कायम गर्दै प्रभावकारी सरकार र सामुदायिक निगरानीबाट सामुदायिक बिध्यालयको गुणस्तर सुधार गरी निजि बिध्यालयहरुसँग प्रतिष्पर्धि जनशक्ति उत्पादन गर्न मेहनत गर्नुपर्दछ।
छ) शिक्षा र रोजगारीबीच समन्वयको अभावको निवारण
समस्या: डिग्री छ, सीप छैन र internship, apprenticeship लाई बेवास्ता छ जसबाट रोजगारीको चरम अभाव भई डिग्रीहरु कागजको खोस्टोमा सीमित भएको छ ।
सुधारका उपाय:
• कक्षा ९ देखि नै career orientationऽअनिवार्य internship / earn while you learn र उद्योग–विद्यालय linkage desk को अभ्यास सुरु गरेर रोजगारमुलक शिक्षा प्रणालीको बिकास गर्नुपर्दछ ।
• पढ्दै–सिक्दै–कमाउँदै मोडेल:विद्यालय/कलेजमा अनिवार्य इन्टर्नसिपको ब्यवस्था गर्ने र उद्योगहरु सँग सहकार्य गर्ने अनुसन्धानमुलक शिक्षा प्रणालीको बिकास गर्नुका साथै बिध्यार्थिहरुलाई श्रममा जोडन र दक्षता बिकासको लागि पढ्दै सिक्दै कमाउदै मोडेल अनिवार्य रुपमा अवलम्बन गर्न आवश्यक छ ।
ज) कमजोर अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्धन
समस्या: विश्वविद्यालय अनुसन्धान केन्द्र होइन, डिग्री केन्द्र मात्र भए भने कतिपयलाई जागिर खाने अड्डा त कतिपयलाई राजनीति सिक्ने र अभ्यास गर्ने कार्यशालाका रुपमा रुपान्तरण भएको अवस्था छ। startup culture र बिध्यार्थिको भविष्य निर्माणमा कम केन्द्रित हुनु तथा राष्ट्रिय आवश्यकताका सम्बन्धमा चिन्तन एवंम अनुसन्धान गर्ने प्राज्ञिक थलोका रुपमा स्थापित हुन सकेनन ।
सुधारका उपाय: बिश्वबिधालय र कलेजहरुलाई research grant & incubation centers मा रुपान्तरण,university–industry collaboration लाई मजबुतिकरण र innovation-based funding को ब्यबस्था गरी बिशुद शैक्षिक हवका रुपमा बिकास गर्नुपर्दछ ।
झ) अभिभावक र समुदायको उच्चतम सहभागिता प्रवर्धन
समस्या: विद्यालय सरकारको जिम्मा हो भन्ने सोचको कारण अभिभावकको accountability कमजोर भयो।
सुधारका उपाय: community monitoring mechanism, parent–teacher contract र school as community learning hub का रुपमा बिकास गर्नुपर्दछ । र बिध्यालयका शैक्षिक कृयाकलापहरुमा अभिभावकहरुको अनिवार्य सहभागितालाई सुनिश्चित गर्नुपर्दछ ।
ञ) शिक्षा शासन (Education Governance) मा सुधार
समस्या: नीति धेरै, कार्यान्वयन कमजोर हुनु तथा संघ–प्रदेश–स्थानीय तहबीच समन्वय अभाव रहनुका साथै अनुशासन र बिधिको पालना कमजोर भई शैक्षिक ब्यबस्थापन अस्तव्यस्त हुनु।
सुधारका उपाय: clear role delineation,data-driven planning र independent quality assurance body बनाएर कार्यान्वयन गर्नुपर्दछ । प्रधानाध्यापक र स्थानिय तह,प्रधानाध्यापक र शिक्षकहरु विच सुचकमा आधारित कार्यसम्पादन सम्झौता तथा त्यसको कार्यान्वयनको यथोचित मुल्यांकनको आधारमा सेवा सुविधा र उत्पेरणा एवंम दण्डको कार्यान्वयन आवश्यक छ ।
ट) छरिएका विद्यालयहरु मर्ज गरी शैक्षिक गुणस्तरमा सुधार
• समस्या: घटदो जनसंख्या बृदी र बसाइसराई तथा निजि बिध्यालयको उपस्थितिको कारण हाल धेरै सामुदायिक बिध्यालयहरुमा एकदमै न्युन बिध्यार्थि संख्या रहेको,एक–दुईजना मात्र शिक्षक भएकाले बहुकक्षा (multigrade) पढाइ गर्नुपर्ने भएकोले तथा भवन, तलब लगायतको सञ्चालनमा बजेटको अत्यधिक खर्च हुने तर नतिजा न्यून आउने गरेको छ ।
सुधारका उपाय:
• विद्यार्थीको हित केन्द्रमा राखी,शिक्षकको पेशागत सुरक्षा,समुदायको सहभागिता र पहुँच सुनिश्चित (bus/hostel) लगायतका आधारभूत सिद्धान्तहरु अवलम्बन गर्दै Leading (Hub) Residential School को अवधारणा बिकास गर्नुपर्दछ। जसमा वडा/क्षेत्र स्तरको मुख्य विद्यालय,आधुनिक कक्षा, ल्याब, ICT,दक्ष शिक्षक, विषयगत अध्यापन र Practical + academic blended model का रुपमा उपयुक्त स्थानमा यस्ता Leading बिध्यालय स्थापना गर्ने।
• विद्यार्थी संख्या,दूरी (walking time),शिक्षक प्रोफाइल र भौगोलिक कठिनाइ तथ्यमा आधारित नक्सांकन (School Mapping) गरी समुदायसँग सहमति (Social Consent) गरी School Bus System (Day Scholar Model),Residential / Hostel Model (Remote Area) मा संचालन गर्ने।
• Leading school मा Agriculture lab,ICT & coding lab,Electrical / plumbing basics,Tailoring, food processing र Practical & Skill-based Education को अध्ययन तथा अध्यापनमा सबैको पहुँच सुनिश्चित गर्ने ।
• किसान,उद्यमी र प्राविधिकलाई Local Expert as Instructor राखेर “डिग्री मात्र होइन, सीप सिकाउने” वातावरण तयार पार्ने ।
निष्कर्ष
सिपयुक्त, रोजगारमूलक र मूल्य–आधारित शिक्षा नै नेपालको भविष्य हो। सामुदायिक विद्यालय सुधार नगरी प्रतिभा पलायन रोक्न सकिँदैन। शिक्षा प्रणालीलाई जीवनसँग, श्रमसँग र राष्ट्र निर्माणसँग जोड्न सक्यौँ भने नेपालका युवाले विदेश होइन, स्वदेशमै भविष्य देख्नेछन्। यही नै दिगो राष्ट्र निर्माणको वास्तविक मार्गचित्र हो। त्यसका लागी बिध्यालयलाई Building मात्र होइन, Learning केन्द्र,Teacher मात्र होइन, Teaching quality मापन,Certificate मात्र होइन, Competence उत्पादन,Politics होइन, Professionalism र Expenditure मात्र होइन, Outcome पनि हेर्ने लगायतका सिदान्तलाई अनुसरण गरि स्थानीय तहले clear education master plan बनाएर संघ,प्रदेश र समुदायको अर्थपुर्ण समन्वय र सहकार्यबाट हामिले हाम्रो शिक्षा प्रणालीमा आमुल सुधार गरी हाम्रो जनशक्ति पलायन रोक्दै हालको बेरोजगारीको समस्या समाधान गर्न सकिने अवस्था अझैपनी बिधमान रहेको छ ।
✍️भरत कुमार वलि शाखा नेपाल सरकार

लेखकको सम्वन्धमा