लागू औषध चरेस सहित सल्यानमा २ जना पक्राउ

लागू औषध चरेस सहित सल्यानमा २ जना पक्राउ

सल्यान जेठ/११

सल्यानमा लागु औषध चरेस सहित दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१निवासी ६० वर्षीय रत बहादुर ऐरी र शोही ठाउँका ४० वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

उनीहरुलाई जिल्लाको बनगाड कुपिण्डे नगरपालिका -१ सल्लीबजारबाट ३३९ ग्राम ६ मिलिग्राम लागु औषध चरेस जस्तो देखिने कालो बस्तु बरामद सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यान र इलाका प्रहरी कार्यालय देवस्थलको सयुक्त गस्तिले शंकास्पद अवस्थामा रहेका मानिसलाई चेकजाँच गर्दा लागु औषध चरेस जस्तो देखिने कालो बस्तु फेला परेको थियो।
पसोधपुछ गर्दै जादा प्राप्त सूचनाको आधारमा अर्को व्यक्तिलाई समेत पक्राउ गरि खानतलासी गर्दा उक्त व्यक्तिबाट पनि शोही प्रकृतिको आगु औषध बरामद भएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका दुवैलाई प्रतिवादीलाई प्रहरी हिरासतमा राखि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनु भएको छ।