सल्यानमा फरार रहेका २ प्रतिवादी प्रहरी फन्दाम
सल्यान,जेष्ठ/११
जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्धामा फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ज्यान मार्ने उद्योगमा फरार जिल्लाको त्रिवेणी गाउँपालिका-१ निवासी हाल दाङको शान्तिनगर गाउँपालिका- ५ बस्दै आएका ५० वर्षीय तिलकराम घर्ती र चोरी मुद्धामा फरार जिल्लाको सिद्ध कुमाख गाउँपालिका-२ निवासी हाल कुमाख गाउँपालिका-२ को नेटा बजार बस्ने २० वर्षीय ज्योति प्रकाश वि.क रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
उक्त प्रतिवाद घर्तीलाई जिल्लाको शारदा नगरपालिका खलंगा र वि.क.लाई कुमाख- को नेटा बजारबाट नियन्त्रणमा लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराई द्वारा जारी बिज्ञप्ति उल्लेख गरिएको छ।


















लेखकको सम्वन्धमा