कविता। ए सरकार……
म त्यस्तो देशको नागरिक हु जुन देशमा..
मेरा बा ले देशलाई बझ्ने हुँदा
सुरु भएको मेलम्चि खानेपानी आयोजना
आज बा बुढा भैसक्दा पनि
मेलम्चिले काठमान्डौँमा पाइतला राख्दैन ।
म जन्मिएर ५-७ बर्षको हुदाँ
सुरु भएको सिक्टा सिचाई आयोजना
आज म नवजवान भै सक्दा पनि
राप्तीको पानी बाँके, बर्दिया झर्दैन ।
ए सरकार….
अँ साच्चि…
हुन त म,
ढिला सुस्ती र भष्ट्राचार ले लिप्त भएको देशको
नागरिक पो हुँ त ।।
आज यस्तो लाग्छ….
जुन देशमा,
भष्ट्राचार गर्न नपाएर वा भनौँ..
३३ किलो सुँन पचाउन नपाएर्,
वाइडबडी पचाउन नपाएर,
७० करोड पचाउन नपाएर,
बालुवाटारको जग्गा कुम्ल्याउन नपाएर,
बालीकाको बलात्कार गर्न नपाएर,
गाउ गाउमा सिंह खुलेआम छोडन नपाएर,
देश लुटन नपाएर,
ए सरकार….
राजतन्त्र गर्ल्यामगुर्लुम ढालेको
देशको नागरिक पो हुँ त ।।
दिन हु दिन हत्या हिँसा,चोरी डकैती
बलात्कार बडिरहदाँ
आज यस्तो लाग्दैन कि मलाई
साच्चै विश्व शान्तिका अग्रद्घुत
गौतम बुद्घ जन्मिएको देशको नागरीक हुँ ।
जताजतै हरियाली
श्रावण–भाद्रमा जस्तो
उच्च आट र मनोबल,
गहिरो दया, माया, सहयोग र सदभाव
कयौँ वर्ष देखि पलाएको देशमा,
वैशाख–जेष्ठमा जस्तो
डडेलो लागि उजाड भएका डाँडाकाँडा,
हरित रस राग रहित सुकेका बोट विरुवा जस्ता
हजारौँ उम्रिएका केहि नेता र तिनै
उजाड, हरितकन रहित…
ए सरकार…..
कुनैबेलाका आहारा विहिन बाघले
सिकार गरिरहेको
देशको नागरिक पो म त ।।
विदेशबाट युवाले पसिना पोखि पठाएको रेमिटेन्स,
स्वदेशमा रहेको घर जग्गाको कर
र स्वदेशमा पसिना बगाई आर्जेको रकमको १ प्रतिशतबाट
तिमीहरु रमाइरहेका छौ ।
दुःख पर्दा तिनै रेमिटेन्स पठाउनेलाई विर्सनछ मेरो सरकार ।
ए सरकार बरु एसो गरौँ..
म मेरो तलबको १ प्रतिशत हैन ५ प्रतिशत दिन्छु ।
म मेरो घर जग्गाको तिरो बढि तिरी दिन्छु
तर तँ..,
खाडिबाट फर्किएका युबा र कृषि पढेका युवालाई
आधुनिक कृषि कर्ममा प्रोतसाहित गर ।
ताकि….
हामी नेपाली भोकमरिले मर्न नपरोस्,
नाकाबन्दिका कारण छटपटाउन नपरोस्,
तरकारी फलफुल,दाल चामल नाकाबाट कहिले भित्रिन्छ भनिरहन नपरोस् ,
ब्यापार घाटा कम होस ।
ए सरकार पूर्व मेचि देखि पश्च्मि महकाली सम्म
दक्षिणी सिमानामा पर्खाल÷काँडेतार लगा
ताकि….,
रातारात नेपाली चेली भारतमा विलय हुन नपरोस,
रातारात नेपाली सम्पदा, बहुमुल्य सम्पिति बिलय हुन नपरोस,
यस्ता कयौ राष्ट्रिय आपतकालीन अवस्थामा नेपालीको घाउमा नुन चुक छर्कने दुस्प्रयास नबनोस ।
ए सरकार….
हुन त म त्यस्तो देशको नागरिक हुँ..,
जुन देशका शिकारी अनि शासकहरुले
सगरमाथा बाट सिकेनन्
गौतम बुद्घबाट सिकेनन्,
बिर गोर्खालीबाट सिकेनन्,
स्व.राजा विरेन्द्रबाट सिकेनन्,
स्व.मरिचमान श्रेष्ठबाट सिकेनन्,
कुलमान घिसिङ्घबाट सिकेनन्,
अनुराधा कोइरालाबाट सिकेनन्,
सिकेनन्, डा. गोबिन्द के.सी बाट ।।
प्रतिकृया दिनुहोस्