कविता : आक्रोश
महोदय,
नेता
राजनीति
ब्यबस्था
र अहिलेको अवस्थाका
सम्बन्धमा कुनैपनी किसिमको प्रतियोगिता नचलाइयोस
अन्यथा मेरा आक्रोशका बारुदहरु
A-K 47 जसरी पटटटट….. पट्किने छन ।
र फोहोरी खेलको गहिराईमा डुबेर
ईट्टा थप्दै अंक चढाउनेहरुका
कान र हातहरु
अंक चढाउन असक्षम हुनेछन् ।
सिमाना
बेचिएका र बेचिने नदिनाला…
देश प्रेम…
राष्ट्रवाद…
बिषयक
कुनैपनी लिखित प्रतियोगिता नहोस्
आजभोलि यी बिषयहरुमा लेख्ने
कलमहरुको इन्धन सकिएको छ
रफ्तारमा कुद्ने कलमका पाङ्रगाहरु
पन्चड भएका छन ।
बिचार पुर्याइयोस महोदय,
यस्ता प्रतियोगिताहरु नचलाइयोस ।
कित मेरो सहभागितामा प्रतिबन्ध लगाइयोस ।
लेखकको सम्वन्धमा