कविता – बि’द्रोह !
कविता
बि’द्रोह
उनीहरू
सडक – अबरूद्व गरिरहेछन्
अधिकारका लागि !
बिद्रोहले
सबै सिमाहरू नाघेको छ ।
चरमोत्कर्षमा पुगेको छ – आन्दो’लन ।
जस्तो कि !
उनीहरूले भर्खरै जला’इदिए
आन्दोलनको अटेरी गरिरहेको
एक यात्रुबाहक बस ।
जस्तो कि !
उनीहरूले भर्खरै जला’ईदिए
बिरामी बोकि हिँडिरहेको – एक एम्बुलेन्स ।
भर्खरै जलाइदिए उनीहरूले
सुरक्षाका खातिर खटिरहेको
प्रहरी सहितको एक गाडी – सहीद चोकमा ।
बस् ! उनीहरूको माग थियो,
“हामी सबैले स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ ।”
घनश्याम अस्तित्व
प्युठान








प्रतिकृया दिनुहोस्