April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
तिमी, सिर्फ तिमि मात्र थिएनौ

तिमी, सिर्फ तिमि मात्र थिएनौ

भुमप्रकाश भण्डारी ‘भुपिन’

कति प्रिय थियो –
तिमी सँगको पहिलो भेट,
र कति मिठो थियो
तिमी सँगको पहिलो संवाद ।

अविस्मरणीय थियो
तिमि सँगको पहिलो यात्रा ।
अमुल्य अमुल्य थिए ,
तिमिसँग बिताएका पलहरू ।

सुन्दर हुन्थे –
तिम्रो ‘गुड मर्निङ’ सँगै सुरु भएका दिनहरू
मिठा हुन्थ्ये –
तिम्रो ‘गुड नाइट’ सँगै सुरु भएका निदरीहरू।

तिम्रो शुभकामना संगै
सफलताहरूले उचाई चुम्थे ।
तिम्रो भरोसा संगै
पाइलाहरूले गति लिन्थे ।

तिमी सिर्फ तिमि मात्र थिएनौ
तिमी संग जोडिएको थियो – मेरो आत्मविस्वास पनि ।

२६ फागुन २०७६ होली पर्व ।

प्रकाशित मिति :२०७६-१२-०५ गते 

यो पनि पढ्नुहोस :

जब एक्लै हुन्छु, तिमिलाई सम्झन्छु :- भुपिन

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज