जब एक्लै हुन्छु, तिमिलाई सम्झन्छु :- भुपिन
भुम प्रकाश भण्डारी ‘भुपिन’
जब सजिलोमा हुन्छु – तिमिलाई सम्झन्छु
जब अप्ठेरोमा पर्छु – तिमिलाई सम्झन्छु ।
हिड्दा हिड्दै,
जिवनको गोरेटोमा
केहि पर पुग्छु , उभिन्छु र
तिमि तिरै फर्किन्छु।
चढ्दा चढ्दै,
जिवनको उकालीमा
केही माथी पुग्छु, सुस्ताउछु र
तिमिलाई नै पर्खिन्छु ।
जब एक्लै हुन्छु – तिमिलाई सम्झन्छु
जब भिडभाडमा हुन्छु – तिमिलाई सम्झन्छु।
को हौ तिमि ?
जो मेरो साथमा नभए पनि
सँगै भए जस्तो लाग्छ।
को हौ तिमी ?
जो मेरो आफ्नै नभए पनि
हातमै भए जस्तो लाग्छ।
लाग्छ – तिमि बिनाको जिन्दगी अधुरो
लाग्छ – तिमी बिनाको यात्रा झनै अपुरो ।
तिमि आईरहन्छ्यौ सधै , मेरा कल्पनाहरूमा
तिमि छाईरहन्छ्यौ सधै , मेरा सपनाहरूमा ।
आखिर को हौ तिमी ?
जब उदासीनता आउँछ – तिमिलाई सम्झन्छु
जब हर्ष उमंग छाउछ – तिमिलाई सम्झन्छु ।
महेश शर्मा रश्मिको कविता :- किसानी दाइ
प्रतिकृया दिनुहोस्