सल्यानमा भवनको जग उत्खनन गर्ने क्रममा ८६ वटा बम फेला
सल्यान बैशाख १९।
सल्यानमा भवनको जग खन्ने क्रममा ८६ बम फेला परेका छन।
जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड भित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठुलो मात्रामा विस्फोटक पदार्थ फेला परेको हो ।
उत्खनन गर्ने क्रममा ८२ वटा सकेट बम, ३ वटा सुुतली बम,१ बोतल बम, ७ थान रेडियो वेभ, एक्सपोलोसिभ ५०० ग्राम, बम बनाउन प्रयोग हुने पार्टसहरु २ केजि र फाइरिङ केबल १० मिटर फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
कालि भक्तिगण भैरहवाबाट इन्जिनियर सहितको टोली र सिद्धिबक्स गण सल्यान सिमखर्कबाट आएको टोलीले बम डिस्पोजका लागि खटिएको जनाएको छ।
यी सबै बिस्पोटक पदार्थ माओवादी शसस्त्र द्धन्द्धको समयमा राखिएको हुन सक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।








लेखकको सम्वन्धमा