हावाहुरीले निजि तथा सार्वजनिक संरचना ठूलो क्षति
सल्यान बैशाख २१।
सल्यानमा अत्यधिक मात्रामा लागेको हावाहुरीले दर्जन बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ चलेको हावाहुरीले जिल्ला भित्रका विभिन्न ठाउँमा घर गोठ तथा सार्वजनिक संरचनाका छान तथा अन्य भागमा पुर्याउदा क्षति ठूलो क्षति पुगेकि छ ।
प्राकृति बिपत्ति हावाहुरीले छत्रेश्वरी गाउँपालिका ४ जयचौरको स्वास्थ्य चौकी र प्रशासनिक भवन, कालिमाटी गाउँपालिका ५ नागरिकको घर, र शारदा नगरपालिका १३ रुख ढल्दा दुई तले घर र टहरामा क्षति पुगेको छ।

यस्तै सल्यान जिल्ला अस्पतालको इमर्जेन्सी वाडको डाक्टर बस्ने काउन्टर, बागचौर नगरपालिका २ खरिबोटमा एक घर र बागचौर नगरपालिका २ लस्तम एक घरको जस्तापाता उडाएको छ।
भने यस्तै शारदा नगरपालिका १३ सल्लेरीमा छविलाल एक घर, बनगाड कुपिण्डिे नगरपालिका ५ स्थित त्रिभुवन माध्यमिक विद्यालयको भवन, शोही स्कुलको बाली विज्ञान समूहको प्रयोगात्मक टर्नेन र त्रिपाल, लगाए जिल्लाभर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
पानी परि रहेकोले क्षति विवरण संकलन भइरहेको हुदा क्षतिको केही संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।








लेखकको सम्वन्धमा