दाङमै पहिलोपटक राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा

दाङमै पहिलोपटक राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा

दाङ बैशाख १८।

दाङको घोराही उपमहानगरपालिका स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरू भएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टि गरेको थियो ।

पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसंगै हृदयघात(हर्टअट्याक) भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताए।
उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्ला लगाएत आसपासका छिमेकी जिल्लाको लागि उपलब्धि रहेको बताएक।

त्यस्तै यस अघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतात्मक अबस्था थियो अब यो समस्या हटेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

उक्त उपचारका लागि क्याथेल्याबसहित १० करोड बराबरका सामग्री ल्याईएको छ भने सामग्री तयारी गरेपछि पहिलो पटक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर देवकोटालाई ल्याएर सेवालाई सुरुवात गरिएको उनको भनाई छ ।

प्रतिष्ठानबाट केही दिन अघि एन्जोयोग्राफी सेवा दिईएको थियो । जुन निदानात्मक उपचार थियो भने आज(शुक्रबार) एन्जियोप्लाष्टि सेवा सुरु गरिएको हो । जुन उपचारात्मक रहेको छ ।
दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा जनार्दन पन्थीले बताए ।

उनका अनुसार विपन्न नागरिक औषधी उपचार कोषमा सूचिकृतकालागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने प्रतिष्ठानका निमित्त डिन प्राडा रमेश कडेलले बताए ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज