May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

वाई वि जिएमको कविता : तिम्रो पहिलो प्रेम

तिम्रो पहिलो प्रेम

मेरा आखाहरु रोएका छ्न
एक अञ्जुली आसु बगाएर
तिम्रा यादहरु मा ।।

अझै मेटिएका छैनन्
मायाका अबशेस हरु
टासिएका छ्न
चट्टान जस्तै
पत्रपत्र बनेर
मुटुका कुनाहरु मा ।।

फेरिए दिन, रात ,महिना ,बर्ष
तर फेरिएन मन
बसिरह्यो लेउ जस्तै
ढुङ्गा हरुमा ।।

एक झोक्का हावासँग
पठाएको थिए खबर
तिम्रो पर्खाइ मा छु भनेर
त्यो बतास कहिल्यै
फर्किएन
मेरो बस्तिमाहरु मा ।।

मैले नियाले को छु त्यो क्षितिज
जहाँ तिमी पुगेकी छौ
निकै टाढा
त्यो क्षितिज भन्दा टाढा
न पठाउछौ कुनै खबर ।।

तर,
तिम्रो प्रतीक्षा मा मुस्कुराएका
गुलाब लाई नियाल्दै
रगतको मसि ले
कोरेको छु एउटा प्रेमपत्र ।।

नदिले छोडेको बगर जस्तै
सुगन्ध हिन फुल जस्तै
कतै खुसी लुटिएको जस्तै
रंग हराएको चित्र जस्तै

किन यस्तो भएको छ
ए जिन्दगी ?
आउ बर्षाउ प्रेम को झरी
यो मुटुको मरुस्थलिमा ।।

यादका लप्काहरु ले
बलेसी जस्तै आँसुहरुले
सम्झनाका तरंग हरुले
मलाइ लखेटी रहन्छ्न
आफ्नै परिवेश बाट
र ,
तिमी आउ
अङ्गाल र चुम्बन गर
तिम्रो पहिलो प्रेम लाई ।।

वाई वि जिएम
कुमाख गापा ५ सल्यान

रोशन परियारको कविता : ” म स्वास्नी “

भुपेन्द्र ओलीको कविता – वंश

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज