April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
यी हुन सल्यान जिप दुर्घटनामा घाइते हुनेहरु : यस्तो छ अवस्था

यी हुन सल्यान जिप दुर्घटनामा घाइते हुनेहरु : यस्तो छ अवस्था

असोज १५, सल्यान ।

सल्यानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन ।

मृत्यु हुनेहरुमा कुमाख गा.पा. ७ डुमकोट बस्ने बर्ष ३९ बर्षिय मान ब.पुन र सोही ठाँउ बस्ने १४ बर्षीय एनका पुन रहेका छ्न । उनिहरुको घटनास्थलमा मृत्यु भएको हो ।

यस्तो छ घाइतेहरुको विवरण ।

१) गाडि चालक सल्यान जिल्ला कुमाख गा.पा.३ चिनाली बस्ने अ.२३ बर्षियको अर्जुन मगर र दाहिने खुट्टा भाचिएको अवस्था मध्यम ।

२) ऐ.७ तातकोट बस्ने बर्ष अं.१५ को तिलक गोसाई टाउको खुट्टामा चोट अवस्था मध्यम ।

३) ऐ.ऐ.बस्ने बर्ष अं.४९ गंग बहादुर पुन छाति कम्मर र हातमा चोट अवस्था मध्यम ।

४) ऐ.ऐ.बस्ने बर्ष अं.३३ कि अनिता पुन हात,छाती र टाउकोमा चोट अवस्था मध्यम ।

५) निजकै छोरा बर्ष अं.६ को जिबन पुन टाउको र छातीमा चोट अवस्था मध्यम ।

६) ऐ.ऐ.बस्ने बर्ष अं.२० की झुपा पुन ढाड,मुख र हातमा चोट अवस्था मध्यम ।

७) ऐ.ऐ. बस्ने बर्ष अं.२६ की शुसिला पुनको शरीरको बिभिन्न भागमा चोट र दाहिने हात भाचिएको अवस्था मध्यम ।

८) ऐ.३ चिनाली बस्ने बर्ष अं.४१ दन्नी ओलीको ढाडमा चोट अवस्था मध्यम ।

९) ऐ.७ डुमकोट बस्ने बर्ष अं.२ को सन्देश पुन अवस्था सामान्य ।

१०) ऐ.ऐ.३ राम्री बस्ने बर्ष अं.१९ की रुपा रावत ओली टाउको,ढाडमा चोट अवस्था मध्यम ।

११) ऐ.ऐ. बस्ने बर्ष अं.२० को लोकेन्द्र ओली घाँटी,हात र खुट्टामा चोट अवस्था मध्यम ।

१२) ऐ.ऐ.७ डुमकोट बस्ने बर्ष अं.१६ को हेमराज पुन कान र खुट्टामा चोट अवस्था मध्यम ।

१३) ऐ.ऐ.७ जिमाली बस्ने बर्ष अं.१३ की प्रतिभा पुन शरीरमा भित्री चोट अवस्था मध्यम ।

१४) ऐ.ऐ.७ डुमकोट बस्ने बर्ष अं.१५ को भरत बुढा मगर शरीरको भित्री भागमा चोट अवस्था मध्यम ।

१५) ऐ.ऐ.बस्ने बर्ष अं.३६ की भुमि पुन टाउको र ढाडमा चोट अवस्था मध्यम ।

१६) ऐ.७ बस्ने वर्ष अ. २३।२४ कि सुनिता बोहरा पुन मगर अवस्था सिरियस(ऐ.०९:५० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याएको) ।

१७) निजकै छोरी अ. ६ महिनाको अवस्था सामान्य ।

घाइतेहरुको बागचौरमा उपचारत ६ महिनाको बच्चा बाहेक सबै १५ जनालाई हेलीकप्टर मार्फत नेपालगन्ज तर्फ रिफर गर्ने पहल भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा .१ ज.७९८ नं. को जिप
कुमाख गाउँपालिका ७ जिमाली नजिकै शनिबार बिहान करिब ०६:४०  बजेको समयमा दुर्घटना भएको थियो ।

जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट अ. करिब १०० मिटर तल खसेको हो ।

यो पढ्नुहोस ।

सल्यानमा तिर्थयात्री बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु १७ जना घाइते

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज