सल्यानमा डोजर दुर्घटना हुदा २ जनाको मृत्यु
११ बैशाख, सल्यान।
सल्यानमा हिजो शनिबार बेलुका डोजर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन।
जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर आउँदै गरेको बाटो डबल कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर दुर्घटना हुदा चालक दाङ जिल्ला बबई गाउँपालिका हापुरे ४ घर भएका ३३ वर्षिय देबराज खत्रीको दुर्घटना स्थलमै मृत्यु भएको हो।
यस्तै दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक छत्रेश्वरी गाउँपालिका १ दमाचौर घर भएका अन्दाजी १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते भएका बागचौर नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का धन बहादुर वलीको अवस्था भने सामान्य भएको जनाएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
लेखकको सम्वन्धमा