सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु
चैत २२, सल्यान । सल्यानमा भिर बाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ४ भेरीखोर नीबासी ४८ बर्षिय भिम बहादुर वली को भिरबाट खसेर मृत्यु भएको हो ।
चैत्र २१ गते आफ्नो साइँलो भाई हरिप्रसाद वली को पाली (खरको छाना ) छाउनको लागि चाख्ले भन्ने ठाउँमा गएको र सांझ करीब ६ बजे आफ्नो घर फर्किने क्रममा जिम जनप्रेम समुदायक वनको झाँक्री सल्ला भन्ने भिर बाट खसेको बताइएको छ ।
बुवा घर किन आउनु भएन भनेर १२ बर्षिय छोरी अमृता वली अंकलको घरमा खोज्न आउदा चैत्र २२ गते बिहान ९ बजे मृत अवस्थामा फेला परेका थिए ।
घटना पश्चात् इलाका प्रहरी कार्यालय लुहाम बाट प्रहरी निरीक्षक श्याम प्रशाद यादव को नेतृत्वमा प्रहरी टोली घटनास्थल मा पुगि घटना मुचुल्का गरी पोस्टमार्टम को लागि जिल्ला अस्पताल सल्यानमा पठाईएको छ ।
मृतकका १२ बर्ष की छोरी अमृता वली ११ वर्ष को छोरा मोहन वली, ८ बर्ष को छोरा तिलक वली र ५ बर्ष की छोरी जानकी वली गरी ४ जना छोरा छोरी रहेका छन् भने ति बालबालिकाहरू को आमाको विगत २ बर्ष अगाडि मृत्यु भईसकेको बताईएको छ ।
पारिवारिक आर्थिक समस्या र बिकटको बस्ती को कारण टुहुरा र अनाथ बालबालिका संरक्षणमा समस्या उत्पन्न भएको र अनाथ बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, र खानपानको लागि छत्रेश्वरी गाउँपालिकाका साथै अन्य सरकारी तथा गैरसरकारी संघ संस्था लाई सहयोग गरीदिनको लागी वडा अध्यक्ष नेब बहादुर खड्काले सबैमा अपिलसमेत गरेका छन ।
साभार : पुष्कर बिहानी
प्रतिकृया दिनुहोस्