सल्यानमा एक व्यक्ती मृत अवस्थामा फेला, पोष्टमार्टमका लागि दाङ पठाइयो
मंसिर २१, सल्यान । सल्यानमा एक व्यक्ती मृत्त अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी ५५ बर्षिय सहबिर सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शनिबार दिउँसो घरबाट बजार जान भनि निस्किएका उनि आइतबार बिहान मौलाहाल्ने बजारको पश्चिम सडक देखि करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सार्कीलाई आईतबार बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाएको छ ।
जिल्ला अस्पताल सल्यानका एकजना डाक्टर बिदामा र अर्को एकजना तालीममा जानु भएकोले मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक गोविन्द थापाले जानकारी दिएका छन ।
उनको मृत्यु किन र कसरी भयो भनेर घटना बारे थप अनुसन्धान भैरहेको र प्रहरीलाइ घटनाको छानविनमा सहज आवस भनेर शव पोस्टमार्टमको लागी दाङ पठाइएको प्रहरी प्रमुख थापाले बताए ।
प्रतिकृया दिनुहोस्