March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
मध्यरातमा वडा कार्यालय भित्रै अनैतिक कार्य, वडाध्यक्ष पक्रा’उ

मध्यरातमा वडा कार्यालय भित्रै अनैतिक कार्य, वडाध्यक्ष पक्रा’उ

असार १८, सल्यान । सल्यानमा एक वडाध्यक्ष मध्यरातमा वडा कार्यालयमै अर्काको श्रीमतीसँग अनैतिक कार्य गरेको अबस्थामा स्थानीयहरुले फेला पारेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ४ का वडाध्यक्ष छविलाल शर्मा बुधबार राती स्थानीय एक महिलासँग वडा कार्यालयमै अनैतिक कार्य गरिरहेको अवस्थामा स्थानीयहरुले फेला पारेपछि प्रहरीकाे जिम्मा लगाइदिएकाे बताएका छन् ।

रातीसम्म वडाध्यक्ष शर्मा कार्यालयमा महिलासँग बसिरहेको सुचना पाएपछि स्थानीयहरुले कार्यालय घेराउ गरेको थिए । स्थानीयले कार्यालय घेराउ गरेपनि वडाध्यक्षले भित्रबाट ताला लगाएर बसेको स्थानीय युवा कुल बहादुर भण्डारीले बताए ।

उनले भने, ‘वडाध्यक्ष गाउँकै महिलालाई लिएर कार्यालय गएको र रातीसम्म बसिरहेको थाहा भएपछि युवाहरु गएर कार्यालय घेराउ गरे । म पनि त्यहाँ गए, पछि प्रहरी आएर वडाध्यक्ष र महिलालाई राती १ बजे लिएर इप्रका लुहाम गयो । महिलाको श्रीमान बिदेश हुनुहुन्छ ।’ यसबारे आवश्यक कारबाहीको लागि आज इप्रका लुहामले आफुहरुलाई बोलाएको उनको भनाई छ ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी उमाकान्त जोसीले वडाध्यक्ष पक्राउ परेकोबारे अहिलेसम्म आफुलाई कुनै जानकारी नभएको बताएका छन । त्यस्तै प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडा सँग सम्पर्क हुन सकेको छैन भने इलाका प्रहरी कार्यालय लुहामका इनिस्पेक्टरको फोन बिहानैदेखि उठेको छैन ।

उता स्थानीयहरुले सम्बन्धित निकायले घटनाको छानबिन नगरे गाउँलेहरु सबै आन्दोलनमा उत्रिने र वडा कार्यालयमा तालाबन्दी गर्ने स्थानीय लोकेन्द्र खड्काले बताए । उनले भने, ‘म पनि केहिबेरमा इप्रका लुहाम जाँदै छु, हामी सबै बसेर कारबाहीकाे प्रकृया अगाडी बढाउने तयारी छ ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज