शारदा नगरपालिका द्वारा निर्मित रानीकोट हिम दर्शन पार्क उद्घाटन
सल्यान,२८ असार । शारदा नगरपालिका द्धारा निर्मित रानीकोट हिम दर्शन पार्कमा भर्खर स्थापना गरिएका विभिन्न विश्राम सामाग्रीहरुको उद्घाटन भएको छ । आइतबार शारदा नगरपालिकाका मेयर सुरेस अधिकारीले पार्क उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर अधिकारीले शारदा नगरपालिकाले नगरको पहिलो पार्क निमार्ण गरेको जानकारी दिए । यो पार्क शारदा नगरपालिकाको मात्र पार्क नभएर सम्पुर्ण सल्यान जिल्लाबासीको पार्क भएको उनको भनाई छ ।
सल्यान जिल्ला भित्रका मान्छे र जिल्ला बाहिरका मान्छेहरु शारदा नगरपालिकामा रानीकोट हिम दर्शन पार्क हेर्न जानु पर्छ, भन्ने खालको उत्कृष्ट पार्क निमार्ण गर्ने तर्फ शारदा नगरपालिका लागी रहेको मेयर अधिकारीले बताए ।
रानीकोट हिम दर्शन पार्क लाई आय स्रोतको रुपमा पनि अघि बढाउन शारदा नगरपालिका लागी रहेको अधिकारीले बताए । मेयर अधिकारीले पार्क निमार्णमा सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिएका छन् ।
उक्त कार्यक्रममा बोल्दै शारदा नगरपालिका ५ नम्बर वडा अध्यक्ष प्रदिप शाहिले यहाँको वातावरण स्वस्थ, सफा , रमणीय र शान्त भएकाले ५ नम्बर वडाको रानीकोटमा पार्क निमार्ण गरिएको जनाए ।उनले पार्क निमार्णको गर्ने जिम्मा लिएका टोपेन्द्र बुढाथोकी लाई धन्यवाद समेत दिए ।
रानीकोट हिम दर्शन पार्क पर्यटकीय स्थलको रुपमा नामकरण गरिएको पनि शाहिले जानकारी दिएका छन् । ‘रमणीय ठाउँ छ, यहाँ आउने जो कोहिको पनि मन लोभीन्छ , शाहीको भनाइ छ।
रानीकोट हिम दर्शन पार्क निमार्णमा करिब २२ लाख बजेट लगानी गरिएको छ । अब देखि रानीकोट हिम दर्शन पार्कमा टिकट लाग्ने भएको छ । बालबालिका लाई ५० प्रतिशत शुल्क छुट, जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति लाई शुल्क नलाग्ने बताइएको छ । तर टिकट शुल्क कति हो भन्ने बारे कुनै जानकारी दीएको छैन ।
उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्ति, समाजसेवि, वुद्धिजिवी, पत्रकार, स्थानीयबासीको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्