September 20, 2026, Sunday
२०८३ आश्विन ४, आईतवार
सुन्दर सल्यान (फोटो फिचर)

सुन्दर सल्यान (फोटो फिचर)

प्रसिद्ध डिसी

सल्यान नेपालजिल्ला संघीय गणतन्त्र नेपालको प्रदेश नम्बर ६ मा पर्ने एक पहाडी जिल्ला हो ।भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकलेगर्दा यहाँका अधिकांस मानिसहरुकोजीवन कष्टकर रहेको छ ।परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणालीसुधार उन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि विस्तारैपरिवर्तनहरु देखिदैछन् ।

यहाँ बाहुन, क्षेत्रि, मगर, कामी, दमाई,नेवार समुदायको बहुल्यता रहेको छ । राप्ती राजमार्गको मध्यखण्डको निर्माण पछि यस जिल्लाको चौतर्फी विकासकोढोका खुल्ला भएको हो । शारदा नदी यस जिल्लाको प्रमुख जलसम्पदाको रुपमा रहेको छ । कुपुण्डेदह यहाँको धार्मिक स्थलकोरुपले प्रसिद्व रहेको छन् ।

यसका साथै खैरावाङ भगवती मन्दिर रछत्रेश्वरी मन्दिर प्रमुख धार्मिक स्थलको रुपले प्रसिद्व रहेका छन्। यसका अतिरिक्त अन्य पर्यटकिय एवं धार्मिक स्थलहरु यहाँप्रसस्त मात्रामा रहेका छन् । अदुवा खेती, अमिलो जातकाफलफूल खेती तथा बाख्रा पालन व्यवसायका साथ कृषि व्यवसायनै यस जिल्लाको प्रमुख व्यवसायको रुपमा रहेको पाईन्छ ।प्रसस्त मात्रामा रहेको प्राकृतिक श्रोत साधनको समुचितउपयोग सहित जिल्लाको चौतर्फी विकासका लागिसबैतिरको प्रतिवद्वता नै यहाँको विकासको मूल आधार हो ।