February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा थप १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २०५ पुग्यो

सल्यानमा थप १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २०५ पुग्यो

सल्यान थप १५ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

भानुभक्त प्राथमिक विद्यालय खनियाखर्कको क्वारेनटाइनका २१ जना र बनगाड क्याम्पसको क्वारेनटाइनमा रहेका १९ गरी ४० जनाको स्वाब संकलन गरिएको मध्ये १५ जनाको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

सोमबार मात्र दार्मा गाउँपालिकाका दुई कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको थियो । कर्मचारीमा कोरोना संक्रमण भएसँगै दार्मा गाउँपालिकाका सम्पूर्ण कामकाज स्थगित भएका छन् ।

मंगलबार १५ जना थपिएसँगै सल्यानमा सक्रमितको सख्या २ सय ५ पुगेको छ । सबैभन्दा धेरै बनगाड कपिण्डे नगरपालिकाका १ सय १ सय ४९ जना रहेका छन् । भारतबाट मात्र उक्त नगरपालिकामा झन्डै चार हजार नागरिक भित्रिएका छन् । शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकाका ९, कुमाख गाउँपालिकाका १८, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा १ जना गरी २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।

जिल्लामा कोरोना संक्रमित मध्ये हालसम्म १ सय ५१ जना निको भएर घर फर्कि सकेका छन् । हाल सल्यान अस्पतालमा १, आइसोलेसन लुहापिङमा २८, मिसन अस्पताल चौरजहारीमा १, दार्मा आइसोलेसनमा ५ र बनगाड कुपिण्डेको आइसोलेसनमा १९ जना को उपचार भइरहेको छ । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको डा.बुढाको भनाई छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज