कोरोना भाइरस बारे ४ मुक्तक
१.
विश्वलाई नै साह्रै आतंकित बनायो कोरोनाले ।
लाखौ संक्रमित, हजारौंलाई खायो कारोनाले ।।
विश्वका मै हुँ भन्ने ती महान हस्तिहरू लाई,
महामारीको रूप लिई तर्साउनु तर्सायो कोरोनाले ।।
२.
एक छाक टार्न दिनभर पसिना पोख्नेलाई सम्झन्छु ।
सामान्य रूघाखोकि लाग्दा जथाभावी खोक्नेलाई सम्झन्छु ।।
एक पल नि बन्दकोठामा बस्न नसक्ने मनुष्यहरू..,
लक डाउनको बेला भट्टि तात्न खोज्ने मन रोक्नेलाई सम्झन्छु ।।
३.
विश्व भर रहेका नेपालीको जिम्मा लिनु पर्छ सरकार ।
कोरोनाको डरले भन्दा भोक भोकै मर्नेलाई राशन दिनु पर्छ सरकार ।।
झुट हो या वास्तविक हो भष्ट्रचारमा लिप्त भाको ,
तर यत्ति था छ, जनताकेै हितमा चम्किनु पर्छ सरकार ।।
४.
कोही जनताको सेवा गर्न अघि सर्दै हिड्छन् ।
त कोहि जनताको आखामा धुलो छर्दै हिड्छन् ।।
जनताको लागि मर्न र देश बिकास गर्न तयार छौँ भन्नेहरू,
आज खुलेआम कु अनि भष्ट्रचार गर्दै हिड्छन् ।।







प्रतिकृया दिनुहोस्