March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
मुक्तिनाथ बिकास बैंकको सटरमै विप्लवको बाल्टिन ब’म

मुक्तिनाथ बिकास बैंकको सटरमै विप्लवको बाल्टिन ब’म

सल्यान १, साउन । सल्यानमा मुक्तिनाथ बिकास बैँकको थारमारे शाखामा शंकास्पद बस्तु फेला परेको छ । बाल्टिन ब’म जस्तो देखिने उक्त बस्तु नेत्रबिक्रम चन्द विप्लव नेत्रीत्वको नेपाल कम्युनिष्ट पार्टि द्धारा संञ्चालित जिल्ला जनपरिषद (जनसरकार) सल्यानले राखेको हो । बैँकको सटरमा झुण्डाइएको उक्त बस्तुमा जनपरिषद सल्यानको तर्फ बाट क. बारु’दले हस्तान्क्षर गरेको पर्चा टाँसिएको छ ।

जनपरिषदले बैंकमा कारवाहि स्वरुप उक्त बस्तु राखिएको बताएको छ। कोभिड १९ को सन्त्रासमा ब्याज किस्ता असुल गरेको , लकडाउन उलंघन गरेर समुह भेला गरेको, सम्मानित सर्बोच्च अदालतको आदेश उलंघन गरेको र महामारीको समयमा किस्ता तिर्न बाध्य पारेकोले बैंकमा कारवाहि गरिएको पर्चा उल्लेख गरिएको छ ।

घटनालाई जिल्ला जनपरिषद सल्यानले एक विज्ञप्ती मार्फत पुष्टि गरेको छ । नेपाल ‘कम्युनिष्ट पार्टि सल्यान’ नामक फेसबुक आइडिमा बिहिबार बिहान एक विज्ञप्ती पोष्ट गर्दै जनपरिषदले उक्त कारवाहिको जिम्मा लिएको हो ।

‘यतिबेला देश र नागरिक माहामारिको सन्त्रास र लकडाउनको कारण श्रमबाट पुर्ण रुपले बिमुख छन। श्रमिक बर्गको बाहुल्यता रहेको हाम्रो सामजिक चरित्र रहेको हुनाले लकडाउनको कारण श्रम गर्नबाट बन्चित हुना पुग्दा ठूलो आर्थिक अभाव बेहोर्न बाध्य भएका छन।’

बिज्ञप्तीमा भनिएको छ – ‘जोखिम र अभावलाइ ख्याल नगरी सल्यान जिल्लामा संचालित बैक तथा लघुबित्तिय सहकारीहरुले सम्मानित सर्बोच्च अदालतले गरेको आदेशको अवज्ञा गर्दै ब्याज र किस्ता असुलि गरेको र पटक पटक सुझाव दिदा पनि अटेरी गरेको हुनाले र व्यापक मात्रामा जनगुनासो आउदा पनि राज्यको निकायबाट यसप्रती संवेदनशील नभएको हुनाले यी दलाल पुजिद्वारा संचालित लघुबित्तिय सहकारी नामक सुदखोरहरुको अखडामा कार्वाही गर्न जनपरिषद सल्यान बाध्य भएको यसै बिज्ञप्ति मार्फत प्रस्ट पार्दछ। अहिले बागचौरमा रहेको मुक्तिनाथ बिकास बैकलाइ कार्वाही गरिएको कुरा पनि यसै बिज्ञपति मार्फत जानकारी गर्दछौ।’

अहिले घटना बारे अनुसन्धान भैरहेको र ब’म जस्तो देखिने उक्त बस्तु ब’म हो की होइन भनेर एकिन गर्न र त्यसलाई निस्क्रिय बनाउन नेपाली सेनाको ब’म डिस्पोजल टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जनपरिषदको प्रेस बिज्ञप्ति

महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा अनवरत संघर्षरत छ। यतिबेला देश र नागरिक माहामारिको सन्त्रास र लकडाउनको कारण श्रमबाट पुर्ण रुपले बिमुख छन। श्रमिक बर्गको बाहुल्यता रहेको हाम्रो सामजिक चरित्र रहेको हुनाले लकडाउनको कारण श्रम गर्नबाट बन्चित हुना पुग्दा ठूलो आर्थिक अभाव बेहोर्न बाध्य भएका छन।

यस्तो जोखिम र अभावलाइ ख्याल नगरी सल्यान जिल्लामा संचालित बैक तथा लघुबित्तिय सहकारीहरुले सम्मानित सर्बोच्छ अदालतले गरेको आदेशको अवज्ञा गर्दै ब्याज र किस्ता असुलि गरेको र पटक पटक सुझाव दिदा पनि अटेरी गरेको हुनाले र व्यापक मात्रामा जनगुनासो आउदा पनि राज्यको निकायबाट यसप्रती संवेदनशील नभएको हुनाले यी दलाल पुजिद्वारा संचालित लघुबित्तिय सहकारी नामक सुदखोरहरुको अखडामा कार्वाही गर्न जन परिषद सल्यान बाध्य भएको यसै बिज्ञप्ति मार्फत प्रस्ट पार्दछ।

जनपरिषद सल्यान
२०७७–०४–०१
क. बा’रुद

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज