July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
सल्यानमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यानमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक गम्भिर घाइते

चैत्र १४, सल्यान । सल्यानमा माटो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले लागेर जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी बस्ने ४५ वर्षीया एलि चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

ढिस्कोले पुरिएर गम्भिर घाइते चलाउनेको जिल्ला अस्पताल सल्यानमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए । शनिवार दिउसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर लिप्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहरा र एलि चलाउने गम्भिर घाईते भएका थिए ।

 

गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको शारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको उनको भनाई छ । उनका अनुसार अन्य तिन जना महिला भने सकुसल रहेका छन ।

फाइल फोटो ।