May 16, 2024, Thursday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानमा जिप दुर्घटना :  ७ जना घाइते

सल्यानमा जिप दुर्घटना : ७ जना घाइते

२८ चैत ,सल्यान ।

सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन। 

जिप दुर्घटनामा घाइते हुनेहरुमा एकै घरका ६ जना र जिप चालकसहित सात जना रहेका छ्न।

नेपालगन्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका – ६ चैबाङज्युला नजिकै दुर्घटनामा परेको हो।

घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ।

सात दिने शिशुको भने श्रीनगर स्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ ।

गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगत कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज