सल्यानमा जेसिबि दुर्घटना हुँदा एकजना गम्भीर घाइते
फागुन २०, सल्यान । सल्यानमा जेसिबि दुर्घटना हुँदा एकजना व्यक्ति गम्भीर घाइते भएका छन् ।
जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ९ जलेखर्क नजिकै बेलुका करिब ४ बजेतिर रा १ ख ७१५ नम्बरको जेसिबि दुर्घटना हुँदा चालक रोल्पा नुवागाउँका अन्दाजी बर्ष ३३ का नवराज कुंवर गम्भीर घाइते भएका हुन।
सिस्ने गाउँपालिका (रुकुम पूर्व ) को उक्त जेसिबि मर्मत कार्यको लागि दाङ लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।
ब्रेकफेल भएर दुर्घटना भएको उक्त जेसिबि सडकबाट करिब सय मिटर तल खसेको छ । अहिले एम्बुलेन्स मार्फत घाइते कुंवरको उपचारको लागि लगिएको अस्थायी प्रहरी पोस्ट निगालपानीका असई सनक बहादुर शाहले जानकारी दिएका छन्।
स्रोत : गुराँस अनलाइन
प्रतिकृया दिनुहोस्