February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा जिप दुर्घटना हुँदा तीनजना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा तीनजना घाइते

फागुन १९, सल्यान। सल्यानमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाको श्रीनगरबाट सिमेन्टे बोकेर वनगाढ कुपिण्डे नगरपालिका-१२ निगालचुलातर्फ जाँदै गरेको रा १ च ४४८ नम्बरको जिप सोही ठाउँको बस्नेत टोल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी चलाक सहित ३ जना घाइते भएका छन । चालक त्रिवेणी गाउँपालिका -४ का २१ वर्षीय मुकुण्द बुढाथोकी, जिपमा सवार वनगाढ कुपिण्डे नगरपालिका -१२ निगालचुलाका २० वर्षीय जयबहादुर घर्ती र सोही ठाउँका १८ वर्षीय नेत्रलाल घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यान प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छ्न ।

अहिले घाइतेहरुको अवस्था सामान्य भएको र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरी प्रमुख थापाको भनाई छ । जिप सडकभन्दा एक सय मिटर तल खसेको थियो । फाइल फोटो

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज