February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
नयाँ बर्षको दिन स्वर्गद्वारी दर्शन गर्न हिडेको जिप दुर्घटना, ३ जनाको मृत्यु

नयाँ बर्षको दिन स्वर्गद्वारी दर्शन गर्न हिडेको जिप दुर्घटना, ३ जनाको मृत्यु

बैशाख १, प्यूठान : स्वर्गद्धारी नगरपालिका १ रुमालेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अर्का एकजनाको मृत्यु भएको हो ।

दुईजनाको पहिचान खुलेको छैन् । गाडीमा १४ जना सवार थिए । ११ जना घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।

प्यूठानको पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप दुर्घटना भएको हो । बुधबार बिहान स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा जीप दुर्घटना हुँदा घटनास्थलमा दुईजनाको ज्यान गएको थियो भने १३ जना घाइते भएका थिए ।

जीपमा १५ जना सवार रहेको थिए । फाइल फोटो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज