February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यानमा तिर्थयात्री बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु  १७ जना घाइते

सल्यानमा तिर्थयात्री बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु १७ जना घाइते

असोज १५, सल्यान ।

सल्यानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

जिल्लाको कुमाख गाउँपालिका ७ जिमाली स्थिति कच्ची सडक खण्ड अन्तर्गत डुमकोटबाट शनिबार बिहान करिब ०६:४० बजेको समयमा शारदा न.पा.११ मा रहेको खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा . १ ज.७९८ नं. को जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा कुमाख गा.पा. ७ डुमकोट बस्ने बर्ष ३९ बर्षिय मान ब.पुन र सोही ठाँउ बस्ने १४ बर्षीय कि एनका पुन रहेका छ्न । उनिहरुको घटनास्थलमा मृत्यु भएको हो ।

घाइते व्यक्तीहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान तर्फ पठाइएको र घाईतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिप उकालोमा ब्याक गर्ने क्रममा सडकबाट अ. करिब १०० मिटर तल खसेको थियो ।

घटनाको बारेमा जानकारी पाउनसाथ उक्त स्थानमा प्र.स.नि.टिकाराम रानाको कमाण्डमा २ जना,ई.प्र.का.थारमारे सल्यानबाट प्र.नि.कनक बहादुर शाहीको कमाण्डमा १३ जना र जि.प्र.का.सल्यानका कार्यालय प्रमुख प्र.ना.उ.दामोदरको के.सी.को कमाण्डमा ९ जनाको प्रहरी टोली खटेर थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज