May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
सल्यानमा गाडी दुर्घटना १ जनाको मृत्यु

सल्यानमा गाडी दुर्घटना १ जनाको मृत्यु


२२ चैत , सल्यान।

सल्यानमा बोलेरो गाडी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको शारदा नगरपालिका वडा न. १ दारिमचौर निवासी १८ बर्षिय नारायण वलि रहेका छन ।

दारिमचौरबाट श्रीनगर तर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको बोलेरो जिप मंगलवार करिब बिहान ६ बजे तिर दुर्घटना भएको हो।

गाडी सडकबाट करिव १५ मिटर तल खसेको थियो ।
सडक बाटो कच्ची र साघुरो भएको कारण दुर्घटना भएको हुन सक्ने अनुमान छ।

मृतक वलि बोलेरो सहचालक हुन। दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 जिपमा सवार चालक २१ बर्षिय थल राज वली सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

घटनामा उद्वारको लागी इलाका प्रहरी कार्यालय श्रीनगर बाट प्रहरी नायब निरीक्षक याम बहादुर बस्नेतको नेतृत्त्वमा प्रहरी टोलि गएको र थप अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट अर्जुन पौड्याल नेतृत्वको टोलि घटनास्थल तर्फ आएर थप अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज