April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
सल्यानमा चुनावी प्रचार प्रसारका क्रममा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

सल्यानमा चुनावी प्रचार प्रसारका क्रममा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

बैशाख २५, सल्यान।
सल्यानमा नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ।

जिल्लाको कालीमाटी गाउँपालिका २ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका २ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउको गम्भीर चोट लागेको र उपचारका लागि तुलसीपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक दाङ जिल्ला बबई गाउँपालिका २ का खुमबहादुर छन्तेललाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।