February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
सल्यानमा जिप दुर्घटनामा : चालक सहित ८ जनाको मृत्यु (नामावली सहित)

सल्यानमा जिप दुर्घटनामा : चालक सहित ८ जनाको मृत्यु (नामावली सहित)

असोज १२, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुदा चालक सहित  ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा  कपुरकोट गाउँपालिका ६ जलबाँङ बस्ने २१ बर्षका चालक जित बहादुर बोहोरा,  सोही ठाउँ बस्ने वर्ष ३७ का धर्मा ओली , ऐ.ऐ.बस्ने वर्ष  ४० को टोप बहादुर ओली उनका छोरा छोरा वर्ष ११ का बसन्त ओली सोही ठाउँका वर्ष ३० का सुरेश खत्री , सोही ठाउँ बस्ने वर्ष ७० को खुमलाल ओली , ऐ.ऐ.बस्ने वर्ष ५५ कि कुमारी ओलि र कपुरकोट गा.पा ५ रीम बस्ने ३५ बर्षिय ललित ओली रहेको र उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते हुनेमा कपुरकोट गा.पा. ६ जलबाँङ बस्ने ३५ बर्षिय तिलक ओली रहेका छ्न । उनको  उपचारको लागी बुधबार बिहान ५ बजेको समयमा दाङ तर्फ पठाएको र प्रादेशिक अस्पताल दाङमा उपचार भईरहेकोमा अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

मृतक लाशहरुलाई प्रहरी टोलीले उद्दार गरी जिल्ला अस्पताल सल्यानमा ल्याउने पहल भैरहेको छ ।

बुधबार बिहान.०३:३० बजेको समयमा जिल्लाको कपुरकोट ३ गा.पा.  मुलपानि स्थित राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरीबाट बिहे भोज खाइ सल्यानको रिम घर तर्फ जादै गरेको रा .१ ज.५६३ नंम्बरको जिप अनियन्त्रित भई सडक बाट १५० मिटर तल खस्न गइ दुर्घटना भएको थियो ।

सल्यानको कपुरकोटमा जिप दुर्घटना : ८ जनाको मृत्यु

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज