February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानको कपुरकोटमा जिप दुर्घटना :  ८ जनाको मृत्यु

सल्यानको कपुरकोटमा जिप दुर्घटना : ८ जनाको मृत्यु

असोज १२, सल्यान । 

सल्यानमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान.०३:३० बजेको समयमा जिल्लाको कपुरकोट ३ गाउँपालिका ३ मुलपानि स्थित राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरीबाट सल्यानको रिम तर्फ जादै गरेको रा.१ ज.५६३ नंम्बरको जिप अनियन्त्रित भई सडकबाट अं. १५० मिटर तल खस्न गइ दुर्घटना भएको थियो ।

उक्त जिपमा सवार जम्मा ९ जना मध्य १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको  छ भने १ जना पुरुष ब्यक्ति सिरियस घाईते अबस्थामा फेला परेका छन ।

दुर्घटनामा परि मृतृक र घाइते हुनेहरुलाइ उद्दार गरी सडक बाटो तर्फ ल्याउदै गरेको मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घटनाको बारे जानकारी पाउनासाथ अहिले उक्त  स्थानमा कपुरकोट प्रहरी चौकीबाट प्र.ना. नि.नेत्र बहादुर नेपालीको कमाण्डमा ५ जनाको प्रहरी  टोलि र ई.प्र.का.लुहाम सल्यानबाट प्र.नि.प्रेम बहादुर बोहोराको कमाण्डमा ७ जनाको टोलि खटिई गएको  र जि.प्र.का. बाट प्र.ना.उ. दामोदर के.सी.को कमाण्डमा १० जनाको प्रहरी टोली खटेर गएको छ ।

यो पढ्नुहोस ।

सल्यानमा जिप दुर्घटनामा : चालक सहित ८ जनाको मृत्यु (नामावली सहित)

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज