July 16, 2026, Thursday
२०८३ असार ३२, बिहीबार
स्याङ्जामा जिप दुर्घटना : १४ जनाको मृत्यु  

स्याङ्जामा जिप दुर्घटना : १४ जनाको मृत्यु  

बैशाख ३०, स्याङ्जा । 
स्याङ्जामा जिप दुर्घटना परी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबैको सनाखत भएको छ। जिप दुर्घटनामा परी मृत्यु हुने सबैजना एकै वडाका नागरिक भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासकी ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर, ६३ वर्षीया माया पुन छन् । यस्तै ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेम कुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर रहेका प्रहरीले जनाएको छ । ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर र फूलदेवी कुँवरको मृत्यु भएको हो । 

ग २ च ३०२६ नम्बरको जिप उकालोमा तान्न नसक्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । यसबाहेक घाइते १२ जनालाई पोखरा रिफर गरिएको छ ।