September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
सल्यानमा जन्ती सवार जिप दुर्घटना एक जनाको मृत्यु

सल्यानमा जन्ती सवार जिप दुर्घटना एक जनाको मृत्यु

असार ४, सल्यान।
सल्यानमा जन्ती सवार जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ स्थित मुरेलखोलाबाट डोप्केतर्फ जाँदै गरेको भे १ ज १०२१ नम्बरको जिप सनिवार दुर्घटना भएको हो।

जिप देउलि नजिकै वेलुकि साढे ८ वजेको समयमा अनियन्त्रित भैइ सडकमा पल्टिएको जिपमा सवार यात्रुको भनाइ रहेको छ।

 

दुर्घटनामा परि बनगाड कुपिण्डे वडा ४ निवासी वर्ष ३२ का मोतिलाल वुढाको मृत्यु भएको हो।

त्यस्तै अन्य घाइतेहरुमा साेहि ठाउँका ५७ वर्षिय मने बुढा, १० वर्षिय हरिमाया बुढाथोकी, ५० वर्षिय चित्रबहादुर बुढा, ६९ वर्षिय सहदेव बुढा र १५ वर्षिय गाेपाल बुढा रहेका छन।

घाइते सबैलाई उपचारको लागि गाउँपालिकाकाे एम्बुलेन्स मार्फत सल्लीबजार लिएकाे छ भने जीप चालक साेहि ठाउँकै २८ वर्षिय उदय बुढा फरार रहेका छन।