August 28, 2026, Friday
२०८३ भाद्र १२, शुक्रबार
बागचौरको मेयर र उपमेयरमा एमालेबाट मल्ल र बीएम सिफारिस

बागचौरको मेयर र उपमेयरमा एमालेबाट मल्ल र बीएम सिफारिस

८ बैशाख, सल्यान।
नेकपा एमाले बागचौर नगरपालिका सल्यानले मेयर र उपमेयरका लागि सर्वसम्मत उम्मेदवार टुंगाएको छ।

आउँदो स्थानीय तहको निर्वाचनका लागि एमाले बागचौर नगर कमिटीको बैठकले मेयरमा तिलक मल्ल र उपमेयरमा भक्तकुमारी बीएमलाई उम्मेदवार बनाउने निर्णय गरि सिफारिस गरेको हो।

बैठकमा पार्टीले मल्ल र बीएमको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिएका छन।

मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज