अहिलेसम्म बाढीमा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

अहिलेसम्म बाढीमा परि मृत्यु हुनेको संख्या १०० पुग्यो

काठमाडौ/ १० भदौ 

रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ।

रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा शव भेटिएका शवको सङ्ख्या १०० पुगेको प्रहरीले जनाएको छ।

भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ।
बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो।