नेकपा (एमाले) दार्मा गाउँपालिका कमिटीको पदाधिकारी वैठक सम्पन्न
मंसिर २०, सल्यान । सल्यानमा नेकपा (एमाले) दार्मा गाउँपालिका कमिटीको पदाधिकारी बैठक सम्पन्न भएको छ । सोमबार पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष भिमबहादुर सेनको प्रमुख अतिथ्यतामा पालिका र वडा कमिटीका पदाधिकारी सहितको बैठक सम्पन्न भएको हो ।
बैठकलाई प्रशिक्षित गर्दै प्रमुख अतिथी सेनले टोलटोलमा संगठन विस्तार गरेर दार्मा गाउँपालिकामा पार्टीलाई थप मजबुत बनाउन निर्देशन दिएको बताईएको छ । त्यस्तै बैठकमा पालिकामा पार्टीको सांगठनिक, आर्थिक र राजनितिक अवस्थाको बारेमा रिपोटिङ र छलफल भएको गाउँपालिका कमिटीका ईञ्चार्ज गणेशमान सिंहले बताए ।
बैठकलाई नेकपा (एमाले) सल्यान जिल्ला कमिटी सदस्य तथा दार्मा ईञ्चार्ज गणेशमान सिंह र जिल्ला कमिटी सदस्य पुतला खड्काले प्रशिक्षणात्कम मन्तव्य दिएका थिए । दार्मा गाउँपालिका कमिटीका अध्यक्ष बलबहादुर वलीको अध्यक्षता भएको बैठकको संचालन पालिका कमिटी सचिव दिपक रोकायले गरेका थिए ।
प्रतिकृया दिनुहोस्