March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
सल्यानमा एमालेका भेला, प्रशिक्षणमा तिव्रता : एकैदिन ६ स्थानमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न

सल्यानमा एमालेका भेला, प्रशिक्षणमा तिव्रता : एकैदिन ६ स्थानमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न

मंसिर ०५, सल्यान । सल्यानमा नेकपा (एमाले)ले पार्टीका भेला, वैठक र प्रशिक्षण अभियानलाई तिव्रता दिएको छ । कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशन सम्पन्न गरेर संगठनलाई चुस्तदुरुस्त बनाएको एमाले सल्यानले त्यसयता पार्टी संगठनका गतिविधिलाई तिव्रता दिएको हो ।

भेला, वैठक र प्रशिक्षणलाई तिव्रता दिनेक्रममा पार्टीले शनिबार सल्यानका विभिन्न ६ स्थानमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम – १ : नेकपा (एमाले) बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ को भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार पर्यटकिय स्थल कुपिण्डे तालमा सम्पन्न भएको छ । नेकपा (एमाले) का प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्यहरु भिमबहादुर सेन, मनोज कुमार सिंह, जिल्ला कमिटी सदस्य अकबर पुन, बकुनपा नगर कमिटी अध्यक्ष गन्जमान बुढा, उपाध्यक्ष अशोक विक, उपसचिव केशर राणा र प्रदेश सांसद गुलावजंग शाहका स्वकिय सचिव रामबहादुर केसीको आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो ।

भेला बाट पिउपर घर्तिको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । कार्यक्रमको संचालन नगर सचिव राजेश वलीले गरेका थिए ।

कार्यक्रम – २ : शनिवार नेकपा (एमाले) कपुरकोट गाउँपालिका वडा नं. ३ को प्रथम वैठक सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष रुद्रविर कंवरको अध्यक्षतामा बसेको वैठकमा जिल्ला कमिटी सदस्य धनश्याम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम – ३ : शनिबार जिल्लाको शारदा नगरपालिका वडा नं. १५ मा पर्ने हरले टोलमा हुम बहादुर बस्नेतको अध्यक्षता टोल कमिटी गठन भएको छ । टोल कमिटी भेलामा नेकपा (एमाले) शारदा नगरपालिका अध्यक्ष मधुसुदन शर्माको आतिथ्यता रहेको थियो ।

कार्यक्रम – ४ : शनिबार नै नेकपा (एमाले) कपुरकोट गाउँकमिटीले पार्टी कार्यकर्ता तथा जनता भेटघाट अभियान अन्तरगत गाउँपालिकाको वडा नं ५ मा पर्ने फल्लेपानी र सिपनगैरा टोलमा भेटघाट गरेको छ ।

कार्यक्रम – ५ : शनिबार नै नेकपा (एमाले) सिद्ध कुमाख गाउँपालिका वडा न. २ अन्तरगतको साविकको २ नं. वडामा भिम बहादुर बस्नेत संयोजक र रामबहादुर चलाउने सह संयोजक रहेको ११ सदस्यीय टोल कमिटी निर्माण गरिएको छ ।

कार्यक्रम – ६ : शनिबार नै नेकपा (एमाले) कुमाख गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।