March 14, 2026, Saturday
२०८२ फाल्गुन ३०, शनिबार
सल्यानका नौ स्थानीय तहमा मंगलबार एमालेको अधिवेशन हुँदै, सबै तयारी पुरा

सल्यानका नौ स्थानीय तहमा मंगलबार एमालेको अधिवेशन हुँदै, सबै तयारी पुरा

सल्यान, ८ कार्तिक । सल्यानका दश वटा स्थानीय तहहरुमध्ये नौ वटा पालिकामा नेकपा एमालेले मंगलबार अधिवेशन गर्ने भएको छ । अधिवेशनको तयारि पुरा भइसकेको एमाले जिल्ला कमिटी सल्यानले जनाएको छ ।

बनगाड कुपिण्डे नगरपालिका वाहेक सबै दुई वटा नगरपालिका र सात वटा गाउँपालिकामा मंगलबार अधिवेशन हुने एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए । बनगाडमा कार्तिक १४ गते अधिवेशन गर्ने तयारि छ ।

एमालेको विधान अनुसार गाउँपालिका तथा नगरपालिकामा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, २ जना उपसचिव र अन्य सदस्य रहेको अधिकतम ७५ सदस्यीय कमिटी चयन हुनेछन् ।

पार्टीको विधान, नियमावली र जारी भएको मार्गदर्शनको अधिनमा रही अधिवेशन गर्न लागिएको एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले जनाए । निर्वाचन कमिटी गठन लगाएतका सबै तयारि पुरा भइसकेको उनले जानकारि दिए ।