May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
एमाले कपुरकोट गाउँपालिकाको पहिलो बैठक सम्पन्न

एमाले कपुरकोट गाउँपालिकाको पहिलो बैठक सम्पन्न

सल्यान, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपुरकोट गाउँपालिका कमिटीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पालिका कमिटी अध्यक्ष द्रोण केसीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार कमिटी गठन संगै विभिन्न निर्णय गरेको छ । मधुसुदन गिरी संयोजक तथा पदम खड्का, डण्डीराम बुढा, युद्ध बहादुर घर्ती र कमला घर्ती सदस्य रहेको सल्लाहकार कमिटी गठन भएको पार्टिका पालिका कमिटी सचिव रुपक बुढाले जानकारि दिए ।

बैठकका प्रमुख अतिथी एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले सम्बोधन गर्दै एमाले पार्टी जहिले पनि देश र जनताको लागि समर्पित भएको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने एमालेको उद्देश्य रहेको र एमाले प्रति जनताको आकर्षण झनै बढ्दै गएको बताएका थिए ।

यस्तै बैठकमा एमाले जिल्ला कमिटी सदस्य घनश्याम शर्मा, शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुनद गिरीले पनि सम्बोधन गरेका थिए । बैठकमा वडा कमिटीका अध्यक्षहरुले पनि भनाई प्रस्तुत गरेको सचिव बुढाले जनाए । बैठकले कपुरकोट गाउँपालिकाभित्र पार्टी संगठित सदस्य तथा संगठित सदस्यका आफन्तको मृत्युप्रति दुःख ब्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज