बागचौरमा एमाले नगर अधिबेशनको रौनक : सडक देखि हलसम्मका तस्वीरहरु
कार्तिक ९, सल्यान । नेकपा एमाले बागचौर नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ । देशभरका सवै स्थानिय तहमा एकैदिन अधिवेशन गर्ने पार्टीको केन्द्रिय तालिका बमोजिम मंगलबार थारमारेमा भएको अधिबेशनले घनश्याम शर्माको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी चयन गरेको छ ।
नगर कमिटीको उपाध्यक्षमा उपेन्द्र वली, सचिवमा मोहन चन्द, उपसचिवमा भुमप्रकाश भण्डारी र सोभाराम बस्नेत रहेका छन् ।
अधिवेशनलाइ केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गुलावजंग शाहले उद्घाटन गरेका थिए । अधिवेशनलाई एमाले नेताहरु लोक बहादुर डाँगी, तिलक मल्ल, जनक विक लगाएत जिल्ला कमिटी सदस्यहरु र जनवर्गिय संगठनका नेताहरुले सम्बोधन गरेका थिए ।
घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य दिपेन्द्र प्रकाश डिसीले गरेका थिए ।
सडक देखि हलसम्मका तस्वीरहरु :
प्रतिकृया दिनुहोस्