सल्यानमा माओवादी केन्द्र बाट निर्वाचित वडाध्यक्ष एमाले तर्फ लागेपछि कारवाहि गर्ने तयारी
दुर्गा विसि / चैत्र १५, बनगाड । नेकपा माअाेवादि केन्द्र बनगाड कुपिण्डे नगर कमिटी सल्यानले नेकपा एमाले तर्फ लागेका आफ्ना दुई जनप्रतिनिधि लाई कारवाहि गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्केपछी सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र बाट निर्वाचित वडा नं २ का अध्यक्ष प्रतिमल वुढा र कार्यपालिका सदस्य विन्दु सुनार एमाले तर्फ लागेपछी उनिहरूको एक हप्ता भित्र स्पष्टीकरण सोध्ने माओवादी केन्द्रको बैठकले निर्णय गरेको छ ।
आइतबार वसेकाे नेकपा माओवादी केन्द्रको नगर कमिटी बैठकले साे निर्णय गरेको जनाईएको छ । पूर्व माओवादी नेताहरू लगाएत सबैलाई एक ठाउमा ल्याएर थप अन्य कम्युनिस्ट पार्टीलाई एकता गर्नु पर्ने कुरामा बैठकले जाेड दिएको बताइएको छ । नेपालमा कम्युनिस्ट वृहत् एकता गर्ने पर्नेमा प्रमुख अतिथि जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीकाे भनाइ रहेको थियोे । अहिलेकाे देश र जनताका लागि अावश्यक कुरा भएपनी प्रतिगामीका मतियारहरुले सिंगो नेकपा छिनभिन्न वनाउन सफल भएको उहाँको भनाइ थियोे ।
बिचारधारा, कार्यदिशा, नेतृत्व निर्माण लगाएत तीन वटा चिजको एकता मिल्नु पर्नेमा जोड दिदै नेपालमा नेता तथा जनप्रतिनिधिहरुकाे कार्यकाल अवधी कति समय, कति वर्ष त्यो नतोकिए सम्म नेपालमा सधै पदकै लागि दन्द्ध भैराख्ने अध्यक्ष छहारिकाे भनाइ रहेको थियोे ।
पार्टी भित्र बाट नै नेतृत्वलाई सहयोग नहुने त्यसैको फल स्वरुप अहिले केपि प्रवृत्ति आएको उहाले बताउनु भएको छ । त्यस्तै वडा तथा टोलटोलमा पार्टी भेटघाट तथा पार्टीसंगठन सुदृढीकरण अभियान समेत सन्चालन गर्ने निर्णय गरिएको सचीव मोमत रोकाले जानकारी दिनु भएको छ । नेकपा माओवादी केन्द्र बाट स्थानीय निर्वाचन जितेका बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढालाइ र ५ नं दलित महिला सदस्य तथा कार्यपालिका सदस्य विन्दु सुनारलाई स्पष्टीकरण सोध्ने र एक हप्ता भित्र स्पष्टीकरण दिन समेत आग्रह गरिएको छ ।
बैठकमा माओवादी नेताहरू कृति बहादुर पुन प्रकाण्ड , जिल्ला सदस्य धन बहादुर पुन (मित्र), दुर्गा बहादुर वुढाथाेकि, वीर बहादुर बुढा, उप प्रमुख मन्जु यरि, लगाएतले मन्तव्य राख्नु भएको थियो । नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन दिपक यरिले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्