January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
एमालेको प्रदेश सह- इञ्चार्जहरु फेरबदल, कर्णाली प्रदेशको सह- इञ्चार्जमा शाह र पोख्रेल

एमालेको प्रदेश सह- इञ्चार्जहरु फेरबदल, कर्णाली प्रदेशको सह- इञ्चार्जमा शाह र पोख्रेल

चैत १७, काठमाडौ । नेकपा एमालेको प्रदेश सहइञ्चार्जहरु फेरबदल भएका छन् । प्रदेशको जिम्मेवारीमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई समेटेर जिम्मेवारी दिएको छ ।

चैत १३ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार छ जनासम्म सहइन्चार्ज राखिएको छ ।

प्रदेश १ मा इन्चार्ज सुवास नेम्वाङ छन् भने सहइन्चार्ज छ जना नेतालाई जिम्मेवारी दिइएको छ । जसअनुसार लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टंक आङबोहाङ र राजेन्द्र गौतम छन् ।

बागमती प्रदेशमा इन्चार्जमा रामबहादुर थापा बादल, सहइन्चार्जको जिम्मेवारी काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र उपत्यकाको विशेष जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

यस्तै गण्डकी प्रदेशमा पनि सहइन्चार्जहरु थपिएका छन् । जस अनुसार इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जहरुमा किरण गुरुङ, पद्मा आर्याल र लिलाबहादुर थापा छन् ।

लुम्बिनीमा चार जना नेतालाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । जसमा इन्चार्ज शंकर पोख्रेल, सहइन्चार्जहरुमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी र गिरीधारीलाल न्यौपाने छन् ।

कर्णाली प्रदेशमा पनि दुईजना नेताहरुले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । जसमा इन्चार्ज यामलाल कँडेल र सहइन्चार्जमा लक्ष्मी पोखरेल र गुलावजंग शाह छन् ।

सुदूरपश्चिम प्रदेशमा पनि दुईजना नेताले सहइन्चार्जको जिम्मेवारी पाएका छन् । सो प्रदेशको इन्चार्ज लेखराज भट्ट छन् । सहइन्चार्जमा नारदमुनी राना र गणेश ठगुन्ना चयन भएका छन् ।

प्रदेश २ मा भने सहइन्चार्ज तोकिएको छैन । यो प्रदेशमा सत्यनारायण मण्डल इन्चार्ज छन् ।