February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
कर्णाली प्रदेशकोे बजेट पारित

कर्णाली प्रदेशकोे बजेट पारित

सुर्खेत,२५ असार ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७ / ०७८ को बजेट प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतीले पारित भएको हो ।

प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेश गरेका थिए । आगामी वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको छ ।

बजेट माथि छलफलका चरणमा सत्तापक्षकै प्रदेशसभा सदस्यदेखि विपक्षीदलका सदस्यहरुले आलोचना गरेका थिए ।

बजेटमा कर्णाली सरकारले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले कोरोना भाइरससँग जुध्दै दिगो विकासमा समेत सहयोग पुग्ने खालको बजेट ल्याएको दावी गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज