कर्णालीमा भर्चुअल प्रतियोगितात्मक बहस सम्पन्न, सल्यान पहिलो स्थानमा
असोज १६, सल्यान । एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिको देशब्यापी कार्यक्रम अनुसार संगठनको कर्णाली प्रदेश राहत शिक्षक विभागको आयोजनामा ‘‘शैक्षिक आन्दोलनमा अधिकार र कर्तब्यको प्रश्न’’ विषयक प्रतियोगितात्मक भर्जुअल बहस कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार, संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीको प्रमूख आथित्यता, शिक्षक महासंघ केन्द्रिय सहअध्यक्ष पूर्ण प्रसाद दवाडीको विशिष्ट आथित्यतामा तथा संगठनको कर्णाली प्रदेश इन्चार्ज शान्ति ढकाल,प्रदेश अध्यक्ष रेश्मीलाल चपाइ, राहत शिक्षक विभाग केन्द्रिय इन्चार्ज बिरेन्द्र मल्ल,संयोजक बिष्णु भट्टराइ सचिव राजन अमगाइ लगायतका शिक्षक नेताहरुको आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तब्यको क्रममा बोल्दै अथितिहरुले ‘‘बन्दावन्दीको समयमा शिक्षकहरु प्रविधि मैत्री बन्न अपडेट हुनैपर्ने , शिक्षक हक हितका सवालमा राष्ट्रिय बहसको विषय उठान गरेको संगठनका सदस्यहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा तल्लीन हुनु पर्ने ’’ कुरामा जोड दिएका थिए ।
कर्णाली प्रदेशका ८ जिल्लाबाट सहभागी भएका प्रतियोगी शिक्षकहरुले शिक्षकहरुका अधिकार र कर्तब्यलाई संगसगै अगाडी बढाए मात्र शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको कुरामा जोड दिएका थिए । नन्दराम गुरुङ, डा.पूर्ण भण्डारी पंकज, प्रेमा ढकाल निर्णायक रहेको उक्त बहसमा बिरेन्द्र प्रकाश डि.सी. (सल्यान) प्रथम, राम के.सी. (सुर्खेत) दोश्रो र मान बहादुर बोगटी (कालिकोट) तृतीय भएका थिए ।
प्रतियोगितामा छनौट भएका तीनजनालाई यही २१ गते केन्द्रमा हुने बहसमा कर्णाली प्रदेशको तर्फबाट छनौट गरीएको बताइएको छ । ८० जनाको उपस्थितिमा सम्पन्न उक्त भर्चुअल बहसको सभापतित्व राहत शिक्षक विभाग कर्णाली प्रदेश संयोजक श्याम ओली र संचालन सचिव रविकिरण ओलीले गर्नुभएको थियो ।

















प्रतिकृया दिनुहोस्