पुर्स्थापना भएपछि नेकपा (एमाले) त्रिवेणी गाउँपालिका सल्यानको पहिलो बैठक सम्पन्न
चैत २०, सल्यान । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युंताइ भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले ) त्रिवेणी गाउँकमिटी सल्यानको पहिलो बैठक सम्पन्न भएको छ । बिहीवार त्रिवेनी गाउँपालिकाको लुहाम बजारमा बैठक सम्पन्न भएको हो ।
बैठकले पार्टी संगठनमा विभिन्न नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तथा केहि व्यक्तिहरू पार्टीको नाम र झण्डा दुरुपयोग गर्ने, पार्टी बिरोध गतिविधि गर्ने गरेका घटना प्रती पार्टीको ध्यानाकर्षण गर्दै आगामी दिनहरूमा त्यस्ता गतिविधि नगर्न सम्बन्धित व्यक्तिहरूलाई अनुरोध गर्ने निर्णय गरेको नेकपा एमाले त्रिवेणीका अध्यक्ष लोकेन्द्रसिंह खड्काले बताए ।
नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य द्वय लोकबहादुर डाँगी र मनोज प्रधान, जिल्ला सदस्य द्वय बुद्धि केसी, रुद्र वीर घर्ती, सघंका डिल्ली खड्का, यम भण्डारी, सुरेश नेपाली लगायत वडा अध्यक्ष छबिलाल केसीको उपस्थिति रहेको थियो ।
त्रिवेणी गाउँकमिटी अध्यक्ष लोकेन्द्रसिंह खड्काको अध्यक्षतामा बसेको बैठकको संचालन सचीव धनराज तुफानले गरेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्