December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सकेकोे छैन : मानबहादुर डाँगी

लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सकेकोे छैन : मानबहादुर डाँगी

साउन ५, सल्यान

त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मानबहादुर डाँगीले नेपालमा लोकतान्त्रीक संस्थागत हुन नसकेको बताएका छन । स्थानिय सरकारले ३ वर्ष पुरा गरेको सन्दर्भमा नयाँदृष्टि डटकम सँग अन्तरवार्ताको क्रममा स्थानिय सरकारले बिगत ३ वर्षमा झेल्नुपरेका समस्याहरुको वारेमा सोधिएको सवालको जवाफमा उनले यस्तो बताएका हुन ।  ‘लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सकेकोे छैन । एउटा मुख्य समस्या त्यो हो ।’ उनले भने- ‘मान्छेको पुरातन सोच पुर्णरुपमा हट्न सकेको छैन । कर्मचारी अभावमा हामिले अत्यन्तै धेरै कठिनाईहरु झेल्यौ । अहिले पनि प्रयाप्त कर्मचारीहरु हामि सँग छैन ।’

डाँगीले दक्ष जनशक्तीको समेत अभाव झेल्नु परेको बताएका छन । उनले भने – ‘दक्ष जनशक्तिहरु हामि सँग छैन । लोक सेवा पास गरेर आएका केटाहरु लेखापाल भनेर आएका छन, हिसाव किताव जोड्न जान्दैनन् ।’ तर लोकतान्त्रीक गणतन्त्र एउटा नयाँ वाटो भएकाले यस्ता समस्याहरु स्वभाविक भएको र बिस्तारै सुधार हुने उनको भनाई छ ।

कार्यकालको ३ वर्षको अवधिमा आम मान्छेहरुले महसुस गर्नेगरी काम गरेको उनको दावि छ । उनले भने- ‘आम मान्छेले अनुभुति गर्ने खालका कामहरु हामिले गरेका छौ । जस्तो हामी आउनु भन्दा पहिला स्वास्थ्य संस्थाहरु नाम मात्रैका थिए । २ वजे सवै हेल्थपोष्टहरु बन्द हुन्थ्ये । अहिले ५ बजे सम्म सवै खुल्ला हुन्छन । त्यति मात्रै नभएर नेपालकै पहिलो अभ्यास होला त्रिवेणी गाउँपालिकाले सार्वजनिक बिदामा पनि खुल्ला राख्ने निर्णय गरेको छ ।’

अन्तरवार्ताः

तपाई स्थानिय सरकार प्रमुखमा निर्वाचित भएको ३ वर्ष पुरा भएको छ । ३ बर्षको यो अवधि लाई कसरी विताउनु भयो ? तपाईका भोगाई बुझाई तथा अनुभुतिहरु कस्ता रहे ?

स्थानिय सरकार प्रमुखको रुपमा निर्वाचित भैसकेपछि अवसर र चुनौती दुवै थिए । नेपालको सन्दर्भमा ३ तहको सरकार बने । स्थानिय सरकार आफैमा पनि नौलो अभ्यास हो नेपालमा । त्यसैले यो अध्यक्ष पदमा म लगाएत हाम्रो टिम निर्वाचित हुदाखेरी हामिले यसलाई अवसर र चुनौती दुवैरुपमा स्वीकार्याै ।

स्थानिय सरकारका २२ वटा एकल अधिकार प्रयोग गर्नेगरी त्यसको कानुन निर्माण गर्ने कुराहरु देखि सवै नयाँ संरचना बनाउनु पर्ने , व्यवस्था बदलियो तर मान्छेको संकार वदलिएन त्यसलाई यो नयाँ पद्धती ल्याउने पनि थुप्रै च्यालेञ्जहरु थिए ।

अहिले कमसेकम एउटा दिशा निर्देश गर्न सफल भएका छौ । एउटा रोडम्याप तयार भएको छ । स्थानिय सरकारले एउटा आकार लिएको छ । यसलाई हामीले अहिले सम्म मुख्य उपलब्धिको रुपमा लिएका छौ ।

यो ३ बर्षको अवधिमा तपाइको पालिकामा पुर्वाधार निर्माण तर्फ के के काम गर्नू भयो ?

थुप्रै कामहरु भएका छन । मैले संख्यामा यतीउति भन्न सक्दिन । हाम्रो गाउँपालिकाका सवै वडाहरु जोड्ने सडकहरु बनेका छन । सवै वस्तीमा सडकको संञ्जाल पुगेको छ । अप्ठारा ठाउँहरुमा पुलहरु निर्माण गर्न सफल भएका छौ । खानेपानीका पुर्वाधार निर्माण गर्न सफल भएका छौ । सवै वडाहरुमा स्वास्थ्यका संरचना निर्माण गरेका छौ । प्रसाशनिक भवन निर्माण गर्नको लागी जग्गा प्राप्त गरेर यो वर्ष हामी भवन निर्माणमा टेन्डर गएका छौ ।

त्यस्तैगरी लुहाम खोलामा पक्की पुल निर्माण भएको छ । वडा नं. १ को गैरीकटेरी रिखे हुदै दाङ जोड्ने सडक निर्माण भएको छ । त्यसैगरी वडा नं. ३ को ढुङ्गी बजार पिमखोला हुदै मख्खन टाकुरी भएर दाङ जाने सडक निर्माण भएको छ । लुहाम फालावाङ मख्खन टाकुरी सडकको ट्रयाक ओपन भएको छ । त्यसैगरी गाउँपालिकाका गौरवका ४ वटा सडकका आयोजनाहरु निर्माण गरेका छौ । जस्तै, वडा नं ६ को लुहाम हुदै वडा नं ५ हुदै रोल्पा जोड्ने सडक । त्यसैगरी वडा नं २ को रिखे राजागेठि हुदै खैरावाङ जोड्ने सडक र काभ्राको राम बजार अछेला हुदै दाङ जोड्ने सडक । यसरी थुप्रै संरचना निर्माण गर्न सफल भएका छौं ।

यो ३ वर्षको अवधिमा शिक्षा , स्वास्थ्यका क्षेत्रमा के के उपलब्धि हासिल गर्नु भयो ?

आम मान्छेले अनुभुति गर्ने खालका कामहरु हामिले गरेका छौ । जस्तो हामी आउनु भन्दा पहिला स्वास्थ्य संस्थाहरु नाम मात्रैका थिए । २ वजे सवै हेल्थपोष्टहरु बन्द हुन्थ्ये । अहिले ५ बजे सम्म सवै खुल्ला हुन्छन । त्यति मात्रै नभएर नेपालकै पहिलो अभ्यास होला त्रिवेणी गाउँपालिकाले सार्वजनिक बिदामा पनि खुल्ला राख्ने निर्णय गरेको छ । अहिले तपाई शनिबार त्रिवेणीमा आउनु भयो भने स्वास्थ्य संस्था खुल्ला पाउनुहुन्छ । स्वास्थ्य नैसर्गिक अधिकारको रुपमा संबिधानमा उल्लेख गरेपछि यसलाई आधारभुत रुपमा उपभोग गर्नको लागी स्वास्थ्य निति बनाएका छौ ।

विद्यालय सुधारका योजना बनाएका छौ । नेपालकै नयाँ अभ्यास हो त्रिवेणी गाउँपालिकाले स्थानिय पाठ्यक्रम लागु गरी स्थानिय लोक संस्कृतिलाई संरक्षण गर्ने, स्थानिय रहनसहन ,भाषा भेषलाई बचाउने अभियानमा त्रिवेणी गाउँपालिका लागेको छ । त्यसैले सवै क्षेत्रमा सुधार भएको छ । सवै विद्यालयमा ई हाजिरी जडान गरेका छौ यसले सुशासणको प्रवद्र्धन भएकोछ भने आम मान्छेहरुले महसुस गर्ने काम गरेका छौ ।

खानेपानि, पर्यटन, कृषि क्षेत्रको बिकासको लागी के के गर्नु भयो ?

कृषि हाम्रो मुख्य उद्योग हो । हाम्रो यहाँ अन्य उद्योगको संभावना छैन । कृषिको माद्याम बाट हाम्रो गाउँपालिकालाई चिनाउनु पर्छ । हामी सँग प्रसस्त संभावना भएको १२ महिना बग्ने शारदा नदि हामि सँग छ । पिमखोला, लुहाम खोला , रिखेखोेलाहरु छन । प्रयाप्त संभावनाहरु छन ।

प्रर्यटनलाई जोड्न हामिले पिमखोलाको पिक्निक स्पटलाई जोड दिएका छौ । त्रिवेणी तिर्थशाला धाम र थर्काेटको लेकलाई पनि हामीले पर्यटनमा जोड दिएका छौ । खानेपानिको सन्दर्भमा पनि डाँडाका उजाड भएका बस्तीहरुमा लिफ्ट सिस्टम बाट पानि पु¥याउन लागेका छौ । कृषिमा अझ प्रसय दिन उत्पादनमा अनुदान दिने योजना निर्माण गरेका छौ ।

यो अवधिमा जनताको जिवनस्तर माथि उठाउन के कस्ता कार्यक्रम गर्नु भयो ?

यो ठ्याक्कै इन्डिकेटरले देखाउने कुरा होइन तर मान्छेहरुको जिवनस्तर माथि उठेको छ । मान्छेहरु व्यवसायिक भएका छन । कुखुरा, भैसी, गाई, बाख्राका फर्महरु खुलेका छन । मान्छेहरु विस्तारै व्यवसाय तिर आकर्षसित भएका छन । त्यसले आयआर्जनका साथै स्वरोजगार पनि भएका छन । त्यसको लागी गाउँपालिकाले पनि महत्वप्र्ण यागदान गरेको छ । तालिमको व्यवस्था गरेका छौ । वित्तिय क्षेत्रमा योगदान होस भनेर सहकारीहरुलाई प्रमोट गरेका छौ । वित्तिय सहयोगमा पहुच पु¥याउन मदत गर्ने काम हामिले गरेका छौ ।

यो ३ बर्षमा स्थानिय तहमा काम गर्दा झेल्नु परेका समस्याहरु के छन ?

लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सकेकोे छैन । एउटा मुख्य समस्या त्यो हो । मान्छेको पुरातन सोच पुर्णरुपमा हट्न सकेको छैन । कर्मचारी अभावमा हामिले अत्यन्तै धेरै कठिनाईहरु झेल्यौ । अहिले पनि प्रयाप्त कर्मचारीहरु हामि सँग छैन । दक्ष जनशक्तिहरु हामि सँग छैन । लोक सेवा पास गरेर आएका केटाहरु लेखापाल भनेर आएका छन, हिसाव किताव जोड्न जान्दैनन् । लोक सेवा बाट शिक्षामा कर्मचारी हरु आएका छन । उनिहरुलाई विद्यालयको वारेमा थाहा छैन । यस्ता समस्याहरु अहिले पनि छन । तथापि यो बिस्तारै हुने कुराहरु हुन । यस बाट निरासा पैदा हुनु हुदैन । किनभने हामिले संघिय लोकतान्त्रीक गणतन्त्रको नयाँ बाटो रोजेका छौ ।

नयाँ बाटो भएको हुनाले एकैचोटि अपेक्षाकृत उपलब्धि हुने कुरा पनि भएन । कर्मचारीको कुरा मात्रै नभएर तहगत सरकारका बिचमा पनि समस्या देखिएका छन । तर संबिधानमा लेखिए अनुसार स्थानिय सरकारलाई स्वतन्त्ररुपमा काम गर्न दिने हो भने अत्यन्तै राम्रो परिणाम आउछ । कहि कमकमजोरी पनि होलान । हामि पनि अभ्यासको क्रममा छौ , सबै जानेका छैनौं । जान्न खोज्ने राम्रो सिक्न खोज्ने कोसिसमा छौ । त्यसैले हाम्रा गल्ती कमजोरी तपाईहरु औल्याइदिने सतर्क गराउने काम आम नागरिकहरु र मिडियाले गर्नुपर्छ ।

अब आगामी २ बर्षको अवधिमा गाउँपालिकाले के के लक्ष्य हासिल गर्ने योजना बनाउनु भएको छ ?

निर्वाचित भएपछि हामिले गाउँपालिकाको ५ वर्षे रणनिति निर्माण गरेका छौ । के के गर्ने भन्ने रणनिति तयार गरेका छौ । त्यसैले मलाई लाग्छ हाम्रा ५ बर्षे कार्यकाल सम्पन्न हुदाखेरी गाउँपालिकाका सम्पुर्ण गाउँहरुमा बिजुलीको पहुच हुनेछ । सवै ठाउँमा संचारको सुविधा पुग्ने छ । सवै ठाउँमा सडकको पहुच हुने छ । सवै बस्तीमा अत्याधुनिक खानेपानिका योजना निर्माण हुनेछन । यहि मोडेल अनुसार हामी अगाडी बढ्ने छौ । हिजो बितरणमुखि सानासाना बजेट बाढ्यौ तर अव देशलाई समृद्धि तर्फ लिन ठुला योजनाहरुलाई निर्माण गर्न हामि लागेका छौ । मलाई बिस्वास छ जनताको साथ सहयोग छ । हामि त्यो गन्तब्यमा पुग्ने छौ ।