समुदाय – प्रहरी साझेदारी भनेको के हो ?
नेपाल प्रहरीले संचालण गरेको “समुदाय –प्रहरी साझेदारी कार्यक्रम” का सन्दर्भमा जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी निरिक्षक लक्ष्मण ओली सँग नयाँ दृष्टि डटकमको कार्यक्रम नयाँ दृष्टि संवादका लागी संपादक भुमप्रकाश भण्डारी भुपिन द्धारा लिईएको अन्तरवार्ताको संपादित अंश ।)
१. सर्वप्रथमतः नयाँ दृष्टि संवादमा स्वागत छ ।
धन्यवाद ।
२. नेपाल प्रहरीले “समुदाय –प्रहरी साझेदारी कार्यक्रम” भनेर केहि महिना देखि गतिबिधि बढाईरहेको छ । यो “समुदाय –प्रहरी साझेदारी कार्यक्रम ” भनेको के हो ?
धन्यवाद । अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो । यो नेपाल प्रहरीले अघि सारेको अवधारणा र गृह मन्त्रालयले पास गरेको नेपाल सरकारकै कार्यक्रम हो । अहिले देश संघियता आईसके पछि स्थानिय सरकारहरु बनेका छन । स्थानिय सरकारहरुको प्रहरी प्रशासन सँग समुन्वय र सहकार्य हुनु पर्छ भन्ने यसको मुख्य उदेश्य हो । नेपाल प्रहरीले स्थानिय तहहरु सँग समुन्वय सहकार्य अनिवार्य गरोस भन्ने अभिप्राय हो यसको ।
त्यो सँगै नेपाल प्रहरीले जति पनि काम कारवाहि गर्छ त्यो भनेको विशुद्घ समुदाय र समुदायमा बस्ने नागरिकहरु सँग सम्बन्धीत कार्यक्रमहरु हुन्छन । यि कार्यक्रम कतिपय प्रिभेन्टिभ हुन्छन , कतिपय रियाक्टीभ र कतिपय प्रोयाक्टीभ हुन्छन । अर्थात कतिपय अपरा’ध घटिसके पछि प्रहरीले अनुसन्धान सुरु गर्छ । कतिपय कामहरु अपरा’ध हुन नदिनको लागी रोकथामको काम हुन्छ । यो अभियान अपरा’धहरु नहुन भन्नको लागी , नागरीकहरु लाई सचेतनाको लागी ल्याईएको कार्यक्रम हो । यसमा नेपाल प्रहरीले स्थानिय तहहरु सँग, विभिन्न समुदायहरु सँग, विद्यालयहरु सँग , विभिन्न संघ संस्थाहरु सँग र संचार माध्यामहरु सँग समन्वय गरेर आम नागरिकहरुको सुर’क्षाको लागी आफ्ना गतिबिधिहरु अभियानकै रुपमा अघि बढाउछ ।
३. भनेपछि यो कार्यक्रम नागरिकहरुलाई अपराध र दुर्घ’टना बाट कसरी जोगिने भन्ने बारे सचेतना जगाउने अभियान हो ?
समाजमा हुने गरेका जति पनि अप’राधका कुराहरु हुन्छन । अप’राधिक गतिविधिहरु हुन्छन । ति कुराहरु आम नागरिकहरुले थाहा नपाएर हुने गरेका घटनाहरु पनि थुप्रै छन । त्यस कारणले घटना भैसके पछि त्यसको न्याय माग्नु भन्दा घटना हुनै नदिनु चैं उत्तम हुन्छ भन्ने हिसावले नागरिकलाई सचेत गराउने अभियान हो यो ।
४. यो कार्यक्रम अन्तरगत प्रहरीले के कस्ता अभियानहरु सञ्चालन गर्ने गरेको छ ?
नेपाल प्रहरीले यो कार्यक्रम देशैभरी संचालन गरेको छ । प्रत्यक ठाउँमा त्यहाँको माटो सुहाउदो अथवा त्यहाँको स्थानिय परिप्रेक्षमा कस्ता खालका अपरा’धहरु हुन्छन ? कस्ता खालका घटनाहरु हुन्छन ? र त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्ने हिसावले स्थानिय स्तरमै योजनाहरु बन्दछन । दशैभरी सबैले यो कार्यक्रम गर्ने है भनेर कार्यक्रम डिजाईन गरेर त संभव हुदैन तर पनि एउटा रोडम्याप हुन्छ । जस्तो मानौं तराईमा जानु भयो भने ला’गु औषध सँग सम्बन्धीत घटनाहरु बढि हुन सक्छन । सिमा क्षेत्रका जिल्लाहरुमा जानु भयो भने तस्क’रीका घटनाहरु बढि हुन सक्छन । अब यता पहाडी जिल्लाहरुमा , सल्यान जस्ता जिल्लाहरुमा सव भन्दा बढि हुने भनेको विवाह छ । वा’ल विवाह न्युनिकरण लाई चैं बढि फोकस गरेको हुन सक्छ । जस्तो लैंगिक हिं’सा , घरेलु हिं’सा , वाल यौ’न दुव्र्य’वहार , साईवर क्रा’ईमका कुराहरु हुन सक्छन । यि सबै बिषयलाई जोडेर कहाँ के आवस्यक्ता छ ? कुन उमेरका लाई , कुन समुदायका लाई , कुन ठाउँमा ,कुन बिषयमा आवस्यक्ता छ भनेर त्यसको पहिचान र बिश्लेषण गरेर हामि त्यो अनुसारका विषय वस्तु लिएर जाने गर्दछौं ।
५. सल्यान जिल्लाको सन्दर्भमा प्रहरीले के कस्ता अभियानहरु संचालन गरेको छ ?
अहिले तत्काल हामिले बढि फोकस गरेर लागेको भनेको वा’ल विवाह न्यूनिकरण अभियान छ । हाम्रो समाजमा तपाई हामि सबैले देख्ने गरेको विस वर्ष नपुगिकन विहे गर्नेको सङ्खा धेरै छ । वा’ल विवाह एउटा कानुन विपरितको कुरा पनि भयो , अर्को वालवालिकाको करिएरको कुरा पनि भयो । व्यक्तित्व विकासको कुरा देखि लिएर सामाजिक अ’पराधको कुुरा पनि हो त्यो । यसले समाजको वृद्धि विकास हुन बाट रोक्छ । व्यक्तीत्व विकास लाई रोक्छ । यसलाई फोकस गरेर हामिले यहाँका सम्पुर्ण चिना हेर्ने, लगन, साइत हेर्ने ज्योतिष , पन्डीत अथवा पास्टरहरु तथा विहे गराउने पुरोहितहरु लाई विस वर्ष नपुगेकाको विहे नगराउने प्रतिवद्धता गराएका छौं । त्यस्र्तै विस वर्ष नपुगी विहे गर्नेका कार्ड नछाप्न र बधाई, निमन्त्रना तथा शुभकामना संप्रेषन नगर्न छापाखानाहरु र संचार माद्यामहरु लाई पनि प्रतिवद्धता गराएका छौं । जनप्रतिनिधिहरुले पनि २० वर्ष मुनिका वालवालिकाको विहे गर्ने गराउने अथवा निम्ता गर्ने, भोज खाने, जन्त जाने लगाएतका कामहरु वहिस्कार गर्ने समन्वय गरेका छौ ।
त्यसपछि हाम्रो अर्काे एक घर एक स्टिगर अभियान छ । यो अभियान बाट हामिले के गर्न खोजेको भने प्रत्यक नागरिकको घरमा प्रहरी पुगोस । त्यहाँका सुख दुख बुझ्न पावस । प्रहरी प्रति उहाँहरुका गुनासा र अपेक्षा के छन बुझोस । त्यति मात्रै नभएर त्यहाँ भएका सुचना पनि प्रहरीले ल्याएर आवस भन्ने हिसावले यहाँका करिव ४७ हजार घरमा एक घर एक स्टिगर टास्दैछौ । यसमा स्थानिय सरकार सँग समन्वय गरेका छौ । उहाँहरुकै बजेटिङ छ ।
त्यसमा (स्टिगरमा) हामिले के समेटेका छौ भने जिल्ला भित्रका आपतकालिन नम्बरहरु छौ । जस्तो कुनै ठाउँमा एक्सिडेन्ट ( दुर्घट”ना ) भयो । खुट्टा भाँ’चियो । अव त्यसका लागी कस्लाई खवर गर्ने भण्दा प्रत्यक घरमा एम्वुलेन्सको नम्वर हुन्छ । कुनै ठाउँमा आ”गलागी भयो । प्रहरीलाई खवर गर्नू पर्ने भयो । नजिकको प्रहरी कार्यालयको नम्वर पनि हुन्छ । लाइन गयो अथवा विधुतका कारणले कुनै समस्या उत्पन्न भयो । विधुत कार्यालयको नम्वर पनि हुन्छ । सिडियो कार्यालयको नम्वर लगायत महत्वपूर्ण आपतकालिन स्थाई नम्वरहरु समेटेर स्टिगर बनाएका छौ । यो अर्को ठुलो अभियान हो । त्यसैगरी आ’गलागी नियन्त्रनको लागी पनि हामिले ८३ वटा वडामा प्रहरी खटाएका छौ ।
६. सल्यानमा यो कार्यक्रम कहिले देखि सुरु भएको हो ?
डेढ वर्ष भयो । जतिबेला यो अवधारण आयो । त्यस वेला देखि नै सुरुवात भएको हो । तर अहिले चै अलि वढि अभियान कै रुपमा यहाँका कार्यलय प्रमु्ख र सिडियो साप नै लाग्नु भएको छ । यो गृह मन्त्रालयकै कार्यक्रम भएको हुदा सिडियो साप नै यस कार्यक्रमको जिल्ला संरक्षक हुनुहुन्छ ।
७. यो कार्यक्रम पश्चात समुदाय स्तर बाट कस्ता खालका प्रतिक्रियाहरु पाउनु भएको छ ?
समुदाय प्रहरी साझेदारीमा नराम्रो भन्ने त हामिले सुनेका छैनौं । यो कार्यक्रम प्रहरीले समुदायकै लागी गर्ने हो । यो विशुद्ध उहाँहरुकै लागि सेवा भावले गरेको हुदा राम्रो प्रतिक्रिया छ र हामिले पनि के महशुस गरेका छौ भने कहिल्यै नपुगेका ठाउँ र घरहरुमा हामि पुग्दैछौ । नयाँ नयाँ कानुनका विषयमा उहाँहरुले जान्न पाउनु भएको छ ।त्यो हिसावले रामै्र प्रतिक्रिया हामिले पाएका छौ ।
यो कार्यक्रम पश्चात नागरिकहरुले सहजताको महशुस गर्नु भएको छ । जिल्लाको डिएसपि साप नै गाउँपालिका , नगरपालिका र प्रत्येक टोलमा पुगेपछि , नागरिकहरुलाई पनि ठुलो मान्छे अथवा हाकिम आउदा अलि डराउनु पर्ने हो कि भन्ने जुन कन्सेप्ट थियो पहिले तर अहिले त्यस्तो छैन । हाम्रै सेवक रैछ । हामिलाई नै सिकाउदै हिड्नु भएको छ भन्ने रुपमा बुझ्नु भएको छ र हामिलाई खुसि पनि लागेको छ ।
८. अन्तमा यो कार्यक्रम मार्फत समुदायलाई के अपिल गर्न चाहनु हुन्छ ?
यो कार्यक्रम नेपाल सरकारको साझा कार्यक्रम हो । यो कार्यक्रम तपाईहरुकै भलाईका लागी हो र अन्ततगत्व तपाईहरुलाई नै सचेत गराउछ । अपरा”धिक गतिविधि बाट बच्ने शिक्षा दिन्छ । कसरी सुरक्षित रहने बारे सिकाउछ । प्रहरीका गतिविधि बारे जानकारी दिन्छ र प्रहरी बाट कसरी सहयोग लिन सकिन्छ भन्ने बिषयमा यो अभियान बाट धेरै भण्दा धेरै ज्ञान प्राप्त गरेर आफु र आफ्नो समुदाय लाई सुरक्षित महसुस गर्ने वातावरण बनाउन यो अभियानमा यहाँहरुको सहभागिता रहने छ भन्ने बिश्वास लिएका छौं ।
९. महत्वपुर्ण समय र जानकारीको लागी यहाँलाई धन्यवाद ।
यो अभियानको बिषयमा केहि कुरा राख्ने अवसर दिनु भएकोमा जिल्ला प्रहरी कार्यालयको सल्यानको तर्फ वाट यहाँलाई पनि धन्यवाद दिन चाहन्छु ।
दार्माका घर घरमा महत्वपुर्ण फोन नम्बर सहितका स्टिगर टास्दै नेपाल प्रहरी
#नयाँ दृष्टि संवाद #नेपाल प्रहरी
प्रतिकृया दिनुहोस्