May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

दार्माका घर घरमा महत्वपुर्ण फोन नम्बर सहितका  स्टिगर टास्दै नेपाल प्रहरी

माघ २१,  दार्मा । नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दार्मा गाउँपालिकाका घरघरमा महत्वपुर्ण फोन नम्वर सहितका स्टिगर टाँस्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना र दार्मा गाउँपालिकाको सहकार्यमा माघ १४ गते उद्घाटन भएको कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय दार्माले सकृयता पुर्वक निरन्तरता दिएको छ । प्रहरीले दार्मा गाउँपालिकाका प्रत्येक घर घरमा पुग्ने गरी माघ १८ गते देखि अभियान सन्चालन गरेको ईप्रका दार्मालाई उद्रित गर्दै त्यहाँ बाट पत्रकार प्रकाश शर्माले बताउनु भएको छ । 

स्टिगरमा जिल्ला प्रहरी कार्यालय सल्यान , जिल्ला प्रहरी कार्यालय प्रमुख , प्रमुख जिल्ला अधिकारी ,जिल्ला अस्पतालको एम्वुलेन्स र प्रहरी कन्ट्रोल नं लगाएतका महत्वपूर्ण फोन नम्वर समावेश गरिएको छ । उपरोक्त नंम्बरहरुमा आपतकालिन अवस्थामा सिधा सम्पर्क गरेर सहयोग लिन सकिन्छ ।

  • हेर्नुहोस महत्वपुर्ण नम्बरहरु :-
  • जिल्ला प्रहरी कार्यालय सल्यान : ९८५७८९०५०२
    जिल्ला प्रहरी कार्यालय प्रमुख : ९८५७८४५५५५
    प्रमुख जिल्ला अधिकारी : ९८५७८४७७७७
    जिल्ला अस्पतालको एम्वुलेन्स : ०८८५२०४६१
    प्रहरी कन्ट्रोल  नं : १०० (निशुल्क) 

नयाँ दृष्टि संवाद : समुदाय – प्रहरी साझेदारी भनेको के हो ?